Logo

ओलीको अनुपस्थितिमा प्रचण्डले बोलाए सचिवालय बैठक



काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको अध्यक्षता गरेका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालय सदस्य तथा बरिष्ठ नेता झलनाथ खनाल पनि उपस्थित् छैनन् । प्रधानमन्त्री यतिवेला त्रि.वि. शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो थोरासिस एण्ड भास्कुलर सेन्टरमा छन् । उनको एपेण्डिसाईटिसको शल्यक्रिया भएको हो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्