Logo

सीमामा सेना वा रोवोर्ट पठाउदैमा केहि हुँदैन, ठाँउको ठाँउ गाली हान्न पाउनुप¥यो



काठमाडौं, मंसिर १८ । सिमा सुरक्षाविद तथा सशस्त्रपूर्व एआइजी डा.कृष्णकुमार (केके) तामाङले नेपालसंगको सिमा समस्या समाधानको लागि हाल सिमा रक्षा गर्दे आएको सशस्त्र पहरीलाई कन्तुर म्याप दिनुपर्ने बताएका छन् ।

अहिलेको सिमामा खटिएको सशस्त्रको जनशक्ति निकै न्यून रहेको जनाउदै उनले पूर्वदेखी पश्चिमसम्म भारतीय सुरक्षा बल जनु किसमले खटिएको छ त्यहि अनुरुप नेपाली सुरक्षा फौज तैनाथ हुनपर्नेमा जोड दिएका छन् ।

देशको आर्थिक अवस्था कमजोर, जनशक्ति पनि थौरै भएको र अख्तियारी नभएकाले सिमामा समस्या हुने गरेको उनको भनाई रहेको छ । जन आस्ता साप्ताहिकलाई दिएको अन्र्तवार्तामा उनले सिमामा भएका स्थम्भहरु कहिले बाढीले बगाउने कहिले किसानले जानाजान वा अन्जानमा सार्ने तथा कहिले भत्केर जाने भएकाले त्यसको सुरक्षा मात्र नभएर सशस्त्र प्रहरीलाई पुर्न्निमार्णको जिम्मेवारी दिनुपर्नेमा उनले जोड दिएका छन् ।

संरक्षण गर्नेलाई मर्मतको जिम्मेवारी दिनुपर्ने उनको तर्क छ ।नेपालको सवालमा भने कसले सिमा मिच्यो भन्ने पहिचान नै नभएको उनको भनाई छ । नेपाल र भारतबिच परापूर्वकालदेखि घनिष्ट मितेरी सम्बन्ध रहदै आएकोमा कुनै दुुई मत नरहेको जनाउदै उनले सीमाका कारण दुई देशबिच कटाक्ष गर्नुपर्ने, एक अर्काेलाई आरोप पत्यारोप लगाउनुपर्ने कुनै कारण नरहेको बताउदै उनले काँडेतार वा पर्खाल लगाई दिएको भए मित्रतामा अवरोध नआउने उनको भनाई छ ।

सशस्त्रलाई नयाँ प्रविधियुक्त नक्साको आवश्क्ता भएकोमा उनको जोड रहेको छ । बजारमा पाइने टुरिष्टको नक्शा वा ग्लोब हेरेर सिमा निर्धारण गर्न नसकिने जनाउदै उनले स्याटेलाइटबाट निकालियको बैज्ञानिक प्रणालीको नक्सा त्योपनि दुबैदेशका सिमा बिद र मन्त्रीपरिषदबाट सहमती गरेर टुङग्याउनु पर्ने उनको भनाई छ ।

उक्त प्रकारको नक्सा सशस्त्र प्रहरीको हातमा अहिले सम्म नपरेको जनाउदै उनले सशस्त्रले आफुलाई नक्शा चाहियो भनेर लेखापढिसमेत गरेको उनले बताए । सशस्त्रलाई जिपिएस दिएर के गर्ने? उनले भने आधिकारिक नक्शा चाहियोनी । म्याप टु ग्राउन्ड, ग्राउन्ड टु म्याप भन्ने कसा त्यसले पक्ता लगाउने उनको दाबी छ ।

त्यहाँ पिल्लर भएपनि नभएपनि पानी, खोला, भीर पहरा जे भएपनि कन्तुर म्यापले ठ्याक्कै देखाउने उनले बताए । उक्त नक्शाकोलागि गृह मन्त्रालयलाई जानकारी गराउन खोज्दा नापी विभागलाई भन्छ, नापी विभागलाई भन्न्दा रक्षा मन्त्रालयलाई भनेर टारिरेको उनले बताए

। त्यसकारण सुस्ता, लिपुलेक, लिम्पीयाधुरा लगायतका नेपाली भू–भागमा दुई पक्षिय सम्झौता हुन सकेको छैन् । नेपालमा मात्रै नभए भारतमा पनि गौहत्यालाई गैर कानुनी मानियकाले तिनै खुला सिमानाबाट गोरु तस्किरी हुने भएकाले सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरीलाई ठाँउको ठाँउ गोली हान्ने अधिकार दिईनुपर्ने उनको माग रहेको छ ।

त्यो अख्तियारी नदिदासम्म सीमामा सशस्त्र राखेको के काम? अहिले सीमामा ड्रोन र सेना पठाउने कुरा भई रहेको छ तर त्यहाँ रोबर्ट नै पठाएपनि गोली हान्ने आदेश नदिएसम्म केहि हुनेवाला छैन् । जवसम्म अधिकार दिईदैन तवसम्म केहि उल्लेख्य परिणाम आउन नसक्ने उनले बताएका छन् ।

जन आस्था साप्ताहिकसंग गरेकोे कुराकानीको सम्पादित अशं



प्रतिक्रिया दिनुहोस्