Logo

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना, निर्वाचन समिक्षा मंसिर २१ गते



काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आज विहान पार्टी मुख्यालयमा पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको थियो ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिएको सुनाए । त्यस्तै, यही मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनको परीणामको समिक्षा गरेर रिपोर्ट पेश गर्नपनि निर्वाचन भएका सबै क्षेत्रका पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिईएको उनले जनाए । सचिवालयको अर्को बैठक यही मंसिर २१ गते बस्नेछ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्