Logo

भृकुटीमण्डपमा यामाहाको महा एक्सचेन्ज मेला सुरु



काठमाण्डौँ,१८ मंसिर । यामाहाको महाएक्सचेन्ज मेला काठमाण्डौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ । महाएक्सचेन्ज मेला मंसिर १८ गते देखि मंसिर २२ गते सम्म पाँच दिन चल्ने छ ।

महामेलामा कम्पनीले विभिन्न अफरहरु ल्याएको छ । महामेलामा कुनैपनी कम्पनीको पुरानो मोटरसाइकल अथवा स्कुटर साट्न सकिनेछ । एक्सचेन्ज अफरमा मोटरसाइकल वा स्कुटरको भ्यालुएसनमा कम्पनील १५ हजार थप गरी दिनेछ ।

कुनै पनि मोटरसाइकलवा स्कुटरको प्रचलित बजार मुल्य भन्दा १५ हजार थप हुने साथै प्रत्येक नयाँ यामाहा मोटरसाइकलको खरिदमा बाइक कभर, हेलमेट, लेग गार्ड प्राप्त गर्नुका साथै ठाउँको ठाउँ फाईनान्स तथा ईन्स्युरेन्सको सुविधा समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ बाइक अथवा स्कुटर किनेमा कम्पनीले सात हजार सम्मको नगद डिस्काउन्ट दिने व्यवस्था गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्