Logo

रजत पदक जितेपछि नेपाली महिला भलिबल टिम (फोटोफिचर)



काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले रजत पदक जितेको छ । स्वर्णको लागि मंगलबार भएको फाइनलमा भारतसँग ३/२ को सेटमा पराजित हुँदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो ।

नेपालको लागि रजत पदक पनि ऐतिहासिक हो । नेपालले पहिलो पटक सागमा रजत जितेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमान्चक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो । तर, दोस्रो र तेस्रो सेट नेपालले २५-२३ र २५-२१ ले जित्दै स्वर्णको आशा जिवित बनाएको थियो ।

चौंथो तथा अन्तिम सेट भारतले २५-२० ले जित्दै खेल २/२ सेटको बराबरीमा ल्याए । त्यसपछि खेलको अन्तिम सेट १५-६ ले गुमाउदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भयो । महिला भलिबलमा श्रीलंकाले कास्य जित्यो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्