Logo

गुप्तेश्वर मन्दिरको मूर्ति चोरी



काठमाडौं, १८ मंसिर । तारकेश्वर नगरपालिकामा रहेको गुप्तेश्वर मन्दिरको मूर्ति चोरी भएको छ । मन्दिरबाट गएराति शिवजीको मूर्ति, जलधारी, घडालगायत चोरी भएको हो ।

तारकेश्वरका स्थानीय बासिन्दा उज्ववल धमलाका अनुसार मन्दिरमा अमूल्य सामाग्री चोरी भएको हो । तारकेश्वर नगरपालिका ४, ५ र ६ को संगमस्थलमा मन्दिर रहेको छ । मन्दिरमा चोरी भएपछि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरी खोजी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्