Logo

पत्नीसहित सेतो घोडामा सेताम्मे हिमालमा किन पुगे किम



किम जोङ ऊन विश्वकै शक्तिशालीमध्येका हुन् । कोरियाली यी शासक जब जब कुनै महत्वपूर्ण निर्णय लन्छन् तब एउटा हिमालमा पुग्छन् तयो पनि सेतो घोडा चढेर । यसपटक उनी पत्नी रि सोल जुसहित हिमाल पुगे । घोडा चढेर हिमाल पुगको उनको पोशाक खैरो रङको छ । यी सबैको कुनै न कुनै सांकेतिक सन्देश हुन्छ ।

सेतो हिमाल कोरियामा पवित्र मानिन्छ । सेतो रङलाई पनि पवित्र मानिन्छ । किम पुगेको हिमाल माउन्ट पेक्टु हो । सक्रिय ज्वालामुखी भएको यो हिमाल चीनसँग सीमा जोडिएको स्थानमा छ । माउन्ट पिक्टु कोरियाली राजतन्त्रको संस्थापक मानिएका डान्गुनको जन्मस्थान मानिन्छ । चार हजार वर्ष अघि कोरियाली राजतन्त्रको स्थापना गर्ने डान्गुनको जन्मस्थानलाई उत्तर कोरियालीले पवित्र स्थान मान्छन् ।

किम जोङ ऊनका हजुरबाबु किम इल सुङले जापानीसँग लड्दा त्यही हिमालको आधारमा पुगेर फौजको शुरुवात गरेको बताइन्छ । त्यतिबेला उनका हजुरबाबुले खैरो रङको कोट लगाएका थिए जुन भर्खरै किमले उक्त हिमाल पुग्दा लगाएका छन् । यसबाट उनले दुईवटा स्पष्ट सन्देश दिन खोजेका छन् कि किम परिवारको विरासत बलियो छ र कुनै महत्वपूर्ण निर्णय लिदैछ ।

केही महिना पहिले किमले यसरी नै सेतो घोडा चढेर हिमाल पुगेको तस्बिर सार्वजनिक भएको थियो । उनले कुनै विशेष कदम चाल्न लागेको संकेत थियो त्यो । उनले त्यस्तै कदम चालेपनि ।-एजेन्सीको सहयोगमा Photo Source: KCN



प्रतिक्रिया दिनुहोस्