Logo

नेपाल र श्रीलंकाबीचको खेल सुरु



काठमाडौं, १८ मंसिर । काठमाडौंमा जारी १३ औं सागअन्तगर्त फुटबलमा नेपालले श्रीलंकाको सामना गरिरहेको छ । दशरथ रंगशालामा भर्खरै खेल सुरु भएको छ ।

यसअघि नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाललाई जिताउनेक्रममा कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक/एक गोल गरेका थिए । त्यस्तै, सुजलले खेलको पाँचौं र ५०औं तथा अभिषेकले ६५औं र मिक्छेनले ७७औं मिनेटमा गोल गरेका थिए ।

साविक विजेता नेपालले दोस्रो खेलमा आज बुधबार साँझ ५ बजे श्रीलंकासँग खेलिरहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्