Logo

सन्तुलित मेकअपबाट सौन्दर्य झल्काउने तरिका



मेकअप गर्नुृ भनेको तपाँइको अनुहारको सुन्दर भागलाई अझ हाईलाइट गर्नु हो र बेकारको भाग लुकाउनु पनि हो । यसले अनुहारको आकार परिर्वतन गर्न सक्दछ ।

यदि तपाई अनुहारको आकार परिर्वतन गर्नु हुन्छ भने ंआफुलाई निकै फरक पनि पाउनुहुनेछ । तपाँइको डबल चिन, बाक्लो नाक र चौडा निधार बाट पनि चिन्तीत हुनुहु्न्छ भने यो तरिका अपनाउनुस् होस् कन्टोरिंगको बारेमा सहि तरिकाले जान्नुहोस सन्तुलित मेकअपले तपाईँको सुन्दरताका साथै ग्ल्यामरस प्राप्त गर्न सक्नुहुनेछ ।

गोलो आकार

तपाईँको अनुहार गोलाकार छ भने गालाको हड्डीहरु कम बलियो छन । सन्तुलित मेकअप गर्दा अनुहार एकदम बेजोड राम्रो देखाउन सकिन्छ । यसैले गालामा श्रृगार गर्नुहोस् ।

मुटु आकार

यदि तपाईको अनुहार मुटु आकारको छ भने सन्तुलित मेकअप टाउकोको किनारमा, निधार र गालामा हुनुपर्दछ । यसले अनुहार एकदम आर्कषक देखिन्छ ।

अण्डा आकार

यस्तो अनुहारहरुको निधार ठुलो छ र रेखा पनि ठुलो छ भने यो अवस्थामा सन्तुलित मेकअप निधार माथी र गालाको दुबै छेउमा गर्नुपर्दछ । यसले तपाईको छालामा उज्यालो र आर्कषक बनाउनेछ ।

नास्पाती आकार

यदि तपाइको अनुहार नास्पाती आकारको छ भने तपाईको गालाको हड्डीहरु ठुला र निधार चौडा हुनुपर्छ । तपाईले हाइलाइटर र सन्तुलित मेकअप को प्रयोग गरेपछि गालामा चमक आउनुका साथै निधारमा केही छायाँ पनि देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्