Logo

प्रधानमन्त्री ओली तत्काल डिस्चार्ज नहुने



काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीे केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्ने भएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ । यही मङ्सिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्