Logo

आइजीपी खनालले अघि बढाए प्रहरीभित्रकै विवादास्पद अधिकृतहरुमाथि कारबाही



काठमाडौं, १९ मंसिर । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले संगठनभित्र शुद्धिकरणलाई अझ प्रभावकारी बनाउन सक्रियता देखाएका छन् । प्रहरीसँग अपराधी काप्ने अवस्था हुनुपर्ने भन्दै आएका उनले त्यसका लागि प्रहरी अनुशासित र सशक्त हुनुपर्नेमा जोड दिएका थिए । तर, केही प्रहरी अधिकृतहरु बदनाम भएपछि आइजीपी खनालले सून्य सहनशीलता अपनाएका छन् ।

खनालले संगठित आपराधिक गिरोहसँग साँठगाँठको अभियोगमा डिएसपी कुमुद ढुंगेलमाथिको कारबाही अगाडि बढाउन निर्देशन दिएपछि उनीमािथ अनुसन्धान भई पक्राउ पूर्जी तयार भइसकेको छ । ढुंगेल अब पक्राउ पर्दैछन् ।

यसैगरी, धरानमा कार्यरत एसएसपी सौरभ शमशेर जबरामाथि कारबाही अगाडि बढेको छ । उनीमाथि महिलाको घर बिगारेको र धम्की दिएको अभियोग छ । प्रहरीै एक महिलामाथि र्दुव्यवहारको अभियोग समेत छ । उनीमाथि छानबिन पछि कारबाही अगाडि बढाइएको हो । उनी कतिपय विवादास्पद कार्यमा संलग्न पाइए ।

कार्यक्षेत्रमा गलत गतिविधि गर्ने केही अधिकृतहरु यसअघि कारबाहीमा परिसकेका छन् । महिलालाई र्दुव्यवहार गर्ने र गलत व्यवहार गर्ने अधिकृतहरु धमाधम कारबाहीमा परेका घटना आइरहेको छ । यसले प्रहरीभित्र गलत गतिविधि गर्नेहरु निरुत्साहित भएका छन् ।

कुमुद ढुंगलको विषयमा उनीमाथि आपराधिक गिरोहसँग साँठगाँठ गरेको तथ्य प्रहरीले फेला परोको थियो । अनुसन्धानको एउटा चरण पूरा भएपछि उनलाई पक्राउको तयारी भएको हो ।

नेपाल प्रहरीभित्र ओभर्ट र कोभर्ट अपरेशनमा चर्चा कमाएका ढुंगेलको सम्बन्ध निर्माण व्यवसायी शरद गौचनको हत्यामा मुछिएका समिरमान सिंहसँग पनि भेटिएको प्रहरी स्रोतले बताएको छ । उक्त गिरोहसँग उनको नियमित सम्पर्क र कुराकानी समेत भएको तथ्य भेटिएको छ ।

ढुंगेलमाथि डाँका समूहसँग साँठगाँठको आशंका छ । उनीमाथि छानविन गर्न गृहमन्त्री रामबहादुर थापा बादल देखि गृहसचिव प्रेमकुमार राई समेतले आइजीपी सर्वेन्द्र खनाललाई निर्देशन दिएका थिए । उनले आपराधिक गिरोहसँग मिलेर गम्भीर घटना घटाउन खोजेको तथ्य गृहमन्त्री बादल र गृहसचिव राईको टेबुलमा पुगेको थियो ।

काठमाडौंको रानीबारीमा भएको एउटा डकैती घटनामा डकैतीमा संलग्न व्यक्तिको डिएसपी ढुंगेलसँग सम्पर्क फेला परेको थियो । ढुंगेलले घटनामा संलग्न भनिउका विक्रम श्रेष्ठसँग नियमित सम्पर्क गर्ने देखि कुराकानी समेत गरेका थिए । तर, ढुंगेलको अन्य आपराधिक संगठनका सदस्यसँग मिलेमतोसहितको तथ्य तयार गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्