Logo

फागुनभित्र ५० प्रतिशत बजेट खर्च गर्नेपर्ने



काठमाडौं, मंसिर १९ । फागुन मसान्तभित्र ५० प्रतिशत बजेट खर्च गर्नुपर्ने भएपछि विकास बजेट धेरै भएका मन्त्रालयलाई चुनौती थपिएको छ।

चालु आर्थिक वर्षको चौमासिक प्रगति समीक्षापछि प्रधानमन्त्री कार्यालयले मन्त्रालयमा पठाएको निर्देशनमा दोस्रो चौमासिक फागुन मसान्त भित्र ५० प्रतिशत बजेट खर्च गरिसक्नुपर्ने उल्लेख छ। पहिलो चौमासिकमा ६ प्रतिशत अर्थात् करिब साढे २४ अर्ब रुपैयाँ मात्र खर्च भएको छ।

दोस्रो चौमासिकको अन्त्यसम्म २ खर्ब चार अर्ब रुपैयाँ खर्च गरिसक्नुपर्ने भएको छ। यो निर्देशन पालना गर्न दैनिक औसत १ अर्ब ४८ करोड रुपैयाँ खर्च गर्नुपर्छ। गत आर्थिक वर्षको फागुन मसान्तसम्म पुँजीगत खर्च ३३।५८ प्रतिशत खर्च भएको थियो।

विगत वर्षमा जस्तै पुँजीगत खर्च सुस्त हुने समस्या यो वर्ष पनि दोहोरिएको छ। विकास खर्च नहुँदा यसले अर्थतन्त्रमा प्रतिकूल प्रभाव पारेको छ। सरकारले विकास निर्माणको खर्च बढाउन नसकेका कारण बैंकिङ क्षेत्रमा समेत लगानीयोग्य पुँजीको अभाव भएको आजको अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्