Logo

घुस सहित असई पक्राउ



काठमाडौँ, १९ मंसिर । शान्ति सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुससहित विराटनगरबाट पक्राउ परेका छन्।

भारतबाट तरकारी ल्याउने व्यापारीसँग ७ हजार घुस लिइरहेको अवस्थामा रंगे हात अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई पक्राउ गरेको हो। विराटनगरस्थित गुद्रि बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग ७ हजार रुपैयाँ घुस लिँदै थिए। माग जति पैसा नदिए तरकारी नियन्त्रण लिएर कारबाही गर्ने धम्की दिन थालेपछि व्यापारीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा दुखेसो गरेका थिए।

पक्राउ परेका असई दाहाल केसेलियाका सिआरबी हुन्। उनको नेतृत्वमा केसेलियामा ११ जनाको टोली रहेको छ। भारतबाट आयत भएको तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग असई दाहालले दिनेपिच्छे घुस लिने गरेका थिए। सोही क्रममा बुधबार अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार दाहालमथि थप अनुसन्धान सुरु भएको छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्