Logo

‘हंगामा–२’ मा शिल्पा



मुम्बई, मंसिर १९ । बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ वर्षपछि सिल्भर स्क्रिन फर्किएकी छन् । अहिले उनी फिल्म ‘निकम्मे’ को छायांकनमा व्यस्त छिन् । शिल्पा प्रियदर्शनको फिल्म ‘हंगामा–२’ पनि अनुबन्धित भएको खबर आएको छ ।

शिल्पा पहिलो पटक निर्देशक प्रियदर्शनको फिल्ममा काम गर्न लागेकी हुन् । यो फिल्ममा उनी परेश रावलसँग देखिने छिन् ।’ हंगामा–२’ मा मिजान जाफरी र साउथ एक्ट्रेस प्रणिता सुभास पनि रहनेछन् ।

शिल्पालाई फिल्ममा लिएपछि प्रियदर्शनले भने, ‘हंगामा–२’ को छायांकन जनवरी ६ बाट हुनेछ । शिल्पासँग काम गर्न मलाई यत्रो वर्ष किन लाग्यो मलाई नै थाहा छैन ।

उनको भूमिका निकै फरक छ त्यसैले यो रोलका लागि मलाई यस्तो कलाकार चाहिएको थियो जसले फिल्म इन्डस्ट्रीमा राज गरेको होस् । शिल्पा फिल्ममा ग्ल्यामरस र दर्शकलाई प्रफुल्लित बनाउने भूमिका गर्दै छिन् । उनी परेश रावलको अपोजिटमा देखिने छिन् ।’

प्रियदर्शनले भने,‘ हमीले यो फिल्मको नाम ‘हंगामा–२’ किन राख्यो भने यसमा भ्रम र गलत बुझाइले उत्पन्न हुने अजीव परिस्थिति छ । साथै अघिल्लो फिल्मको भावना पनि छ ।’ फिल्ममा शिल्पा एक ग्ल्यामरस करियर ओरिएन्टेड महिलाको भूमिका निर्वाह गर्दै छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्