Logo

त्यतिबेला शेरबहादुर देउवा पदलोलुप ठहरिनुहुनेछ-गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे समयमै महाधिवेशन नभएको भन्दै असन्तुष्ट छन् । उनीसँग यसै विषयमा ऋषि धमलाले एनआरएन रेडियोको नेपाली बहसका लागि गरेको कुराकानीः
आगामी फागुनमा नेपाली कांग्रेसको महाधिवेशन नहुनेभयो हो ?
यही फागुनमा त समय नै पुग्दैन नि । स्थानीयतहको अधिवेशन एक वर्ष अगाडिनै गरिसक्नुपर्छ । अन्तरिम संरचना वडातहसम्म बनिसकेको छैन । त्यसले पहिला अन्तरिम संरचनालाई पूर्ण गरेर अनि मात्रै महाधिवेशनको शुरु हुन्छ । आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने हो, सम्भवतः एक वर्ष समयावधी थपिन्छ । त्यसपछि महाधिवेशनको प्रारम्भिक प्रक्रिया सुरु हुन्छ ।
तपाईंहरुको कार्यकाल चार वर्षको लागि होइन ?
विधानतः चार वर्षको लागि हो ।
चार वर्षको कार्यकाल हुँदाहुँदै समयमै महाधिवेशन गर्न किन तपाईंहरु तयार हुनुभएन ?
विधानतः चार वर्षभित्रै गर्नुपथ्र्यो । तर, राष्ट्रिय परिस्थिति, राजनीतिक अनुकूलका हाम्रा आन्तरिक संरचना निर्माण गर्नुपर्ने सांगठानिक आवश्यकता थियो । अरु पनि पार्टीभित्रका व्यवस्थापनका कुराहरु कुरा थिए, त्यसले गर्दा हामीले सांठानिक कामहरु पूरा गर्न सकेनौं ।
के ठूलो राजनीतिक घटनाक्रम भएको थियो र समयमा महाधिवेशन गर्न सक्नुभएन ?
यति ठूलो राजनीतिक परिवर्तनलाई संस्थागत तिनैतहको निर्वाचन हाम्रै नेतृत्वमा गरायौं । यो बीचमा राजनीतिक रुपमा धेरै उथलपुथल नै भयो ।
अहिले महाधिवेशन हुन नसक्ने गरी के उथलपुथल भयो र ?
हामीले सुरुदेखि नै तदारुकता देखाएको भए, नेताहरुबीचमा सहमझदारी बनेको भए, पार्टी एकताबद्ध भएर अगाडि बढेको भए महाधिवेशन चार वर्षभित्रै हुने थियो । पार्टीभित्र पनि नेताहरुबीच सुमधुर सम्बन्ध देखिएन । अर्को राष्ट्रिय राजनीतिक संरचनाअनुसार स्थानीय र प्रदेशको अधिवेशन हुनुप¥यो । फेरि देशमा नेकपाको सरकारले जनताको चाहना अनुसार काम गर्न सकेन, त्यसमा खबरदारी पनि गर्ने थियो । शक्तिलाई सबैतिर बिनियोजन गर्नुपर्यो, त्यसकारण समयमा पार्टीको महाधिवेशन गर्न सकेनौं । यद्यपि यसलाई मैले कमजोरीको रुपमा लिएको छु ।
जे-जस्तो परिस्थिति भएपनि कांग्रेसको नेतृत्व विगतदेखि नै किन समयमा महाधिवेशन गराउन किन चाहँदैनन् ?
विगतको परम्पराबाट अहिलेका सभापति शेरबहादुर देउवा पनि अछुतो रहन सक्नुभएन । पहिलाकै परम्परालाई उहाँले पनि पछ्याउँनु भयो । हिजो जसरी गिरिजाप्रसाद कोइरालाले गर्नुहुन्थ्यो, त्यसैलाई उहाँले पनि लिएर हिड्नुभयो । हिजोका कमीकमजोरीलाई पछ्याउनुपर्छ भन्ने थिएन । समयमै महाधिवेशन गर्दा हाम्रा लागि राम्रो हुने थियो । पार्टी व्यवस्थिति गर्न, कार्यकर्तालाई उत्साह जगाउन, मतदातामा उत्साह भर्न महाधिवेशनले ठूलो भूमिका खेल्ने थियो । त्यसको लागि महाधिवेशन समयमै गर्नुपथ्र्यो, तथापि हामीसँग समय थप्नुको विकल्प छैन ।
सभापतिले त एक वर्ष मात्रै होइन, आवश्यक परे डेढ वर्ष सार्न सकिन्छ भन्नुभएको छ नि ?
त्यो देशैमा ठूलो उथलपुथल भयो । ठूलो राजनीतिक घटना घट्यो भने त्यस्तो स्थिति होला तर मलाई त्यस्तो लाग्दैन । कुनै कुनै सन्दर्भमा कसैको कुरा चित्त नबुझेको बेला उहाँले साढे पाँच वर्ष जान्छ भनेको सुनेको छु । चार वर्षभित्र गर्न नसकेर हाम्रो कमजोरी भइसक्यो । अब पाँचभित्रमा चाहीं हामीले कुनै पनि हालतमा गर्नुपर्छ ।
२०७७ सालभित्रमा कांग्रेसको महाधिवेशन हुन्छ ?
जसरी पनि हुन्छ । चार वर्षमै नगर्दा अहिले नै प्रश्न उठिसक्यो । यसलाई पनि विगतकै निरन्तरता हो भनेर एक वर्ष थप्दा चित्त बुझाउन सकिन्छ । तर, पाँच वर्षमा पनि नगर्दा त पदलोलुपै देखिन्छ ।
तर, नेतृत्वले अरुलाई पद किन दिन चाहँदैनन् ?
पद भनेको अस्थायी हो भन्नेमा बुझाइ नै कमी छ । अझ मान्छेको जिन्दगी नै अस्थायी हो आध्यात्मिक दृष्टिकोणबाट । फेरि पदकै कारणले व्यक्ति प्रटिष्ठित हुने पनि होइन, राष्ट्र र जनताप्रति उसले खेलेको भूमिकाले हो । नेतृत्वको सोचाइको उचाइले नै यी सबै कुरा निर्धारण गर्ने हुन् । तर नेपाली मनोविज्ञान चाहीं पदनै सर्वैसर्वा हो भन्ने छ । त्यो मनोविज्ञनले सबैलाई प्रभाव पारेको छ ।
शेरबहादुर देउवानै फेरि पनि सभापति बन्ने भन्नुभएको छ, त्यो सम्भव छ ?
उहाँको इच्छालाई अनुचित र अवान्छित भन्न सकिँदैन । चार-पाँच पटक प्रधानमन्त्री र पार्टीको सभापति पनि भइसकेको व्यक्तिलाई म फेरि हुन्छु भन्दा त्यो अनुचित हो भन्न मिल्दैन ।
अरु युवाहरु आउनु पर्दैन ? सधैं बुढाहरुले मात्रै पद ओगटिरहने ?
नेतृतव परिवर्तन हुनुपर्छ, अब पुराना नेताहरुले छोड्नुपर्छ भन्ने आवाज उठिरहेको छ । नयाँ पुस्तामा नेतृत्व जानुपर्छ भनेर पार्टीभित्रबाट पनि आवाज उठिरहेको छ । नेपाली कांगे्रसभित्र पहिलो र दोस्रो पुस्ता मात्रै होइन, तेस्रो पुस्ता पनि मुलुकलाई सवल तरिकाले सञ्चालन गर्न नेतृत्व लिने सक्षम छ । अब महाधिवेशनबाट को निर्वाचित भएर आउँछ त्यो अलगत हो, तेस्रो पुस्ता पनि नेतृत्व लिन सक्षम भइसकेको छ ।
कांग्रेसमा तपाईंहरुको पुस्ता त हरायो नि ?
हामीले जुन जिम्मेवारी लिएका छौं यो मात्रै होइन । पार्टीको मूल जिम्मेवारी लिन पनि सक्षम छौं । २०४६ सालदेखि भएका सबै परिवर्तनहरुमा सक्रियतापूर्वक भूमिका निर्वाह गरेर कठिन परिस्थितिको सामना गर्दै अनुभवहरु बटेका छौं । त्यसैले पार्टीभित्रको जस्तो भूमिका निर्वाह गर्न हामी सक्षम छौं ।
तपाईंहरुमा नेतृत्व लिन सक्ने दूरदर्शीता छ ?
किन नहुने छ ।
आगामी दिनमा शेरबहादुर, रामचन्द्रसँगै तपाईंहरुको पुस्तले पनि सभापतिको उम्मेदवारी दिने परिस्थिति आउँछ ?
दूरदर्शी राजनेताले पुस्तान्तरणको आवाजलाई बुझ्न सक्नुपर्छ । समकालीन राजनीतिको आलावा, नयाँ पुस्ताको आवाजलाई सम्बोधन गर्न सक्नुपर्छ । हिजो वीपी कोइरालाले समयको चाप, नयाँ पुस्ताको आवाज, समकालीन नेताको सम्मान गर्नलगायतका कुरा बुझ्नुभयो । त्यसैले वीपी कोइराला बन्नु भएको हो । उहाँको पाठशालामा पढेका हामीले त्यो कुरा बुझ्न सकेनौं भने नेपाली जनताप्रति पनि न्याय गर्न सक्दैनौं र नयाँ पुस्तको भविष्यप्रति पनि न्याय गर्न सक्दैनौं ।
आगामी महाधिवेशनमा नयाँ पुस्ता नेतृत्वमा प्रतिस्पर्धा गर्न सक्षम छ हो ?
विलकुल सभापतिमा, महामन्त्रीमा, उसभापतिमा, प्रधामन्त्रीका लागि, राष्ट्रपति, उपराष्ट्रपति, सभामखु सबैमा सक्षम छ । कुन चुनौतिमा हाम्रो पुस्ता झुकेको छ ?
सभापति अगाडि विरोध गर्न सक्नुहुन्न ?
हामीले विरोध गर्ने होइन । हाम्रो कुरा पो भन्ने हो त । उहाँहरुको तगारो बन्नु छैन, उहाँहरुप्रति सम्मान गछौं ।
केन्द्रीय समितिको बैठक बस्दैछ, त्यहाँ के के हुन्छ ?
यो बैठकमा त भर्खरै सम्पन्न उपनिर्वाचनको समीक्षा हुन्छ । अर्को भ्रातृ र शुभेच्छुक संस्थाहरुको महाधिवेशन गर्नेपर्ने छ दुई कुरा मुख्य रुपमा उठ्छन् । महाधिवेशनको कुरा पनि उठ्न सक्छन् रामचन्द्र दाइले पोहोर सेडवील बनाउनुभएको थियो ।
आगामी महाधिवेशनको कार्यतालिका बारेमा बसह हुन्छ हो ?
बिलकुलै हुन्छ । अब आइसकेको छ । एक वर्ष अधिवधी थप्दा पनि स्थानीय तहको महाधिवेशन एक वर्ष अगाडि सक्नुपर्छ ।
नेविसंघको नेतृत्व चयनमा तपाईंहरु किन प्रतिस्पर्धामा जानुहुन्न ?
अघिल्लो वर्षको फागुनमै तपाईंलाई उपयुक्त लागेका नेताहरुको जिम्मेवारीमा नेविसंघको महाधिवेशन गर्नुहोस् भनेर जिम्मेवारी सभापतिज्यूलाई दिएका हौं । तर किन ढिला भयो त्यसको जवाफ मैले दिन सक्दिँन ।
केन्द्रीय कमिटिमा कालापानीका कुरा पनि उठाउनुहुन्छ ?
कालापानीको कुरा किन नठ्नु उठिहाल्छ नि । अहिले पनि यो समस्या समाधान गर्न सकेनौं भने हामीलाई हाम्रा पुस्ताले धिक्कार छ ।



प्रतिक्रिया दिनुहोस्