Logo

चिचिला गाउँपालिकाका विद्यालयमा बालविकास सहजकर्ता



१९ मङ्सिर : सङ्खुवासभाको चिचिला गाउँपालिकाका सबै विद्यालयमा बालविकास सहजकर्ता नियुक्त गरिएको छ । पहिलो चरणमा १७ विद्यालयमा बालविकास सहजकर्ता नियुक्त गरिएको थियो भने यसपटक बाँकी चार विद्यालयमा बाल विकास सहजकर्ता थप गरिएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार चिचिला–१ लोक्तामको जनता आधारभूत विद्यालय, जीवनज्योति आधारभूत विद्यालय, चिचिला–३ त्रिवेणी आधारभूत विद्यालय र चिचिला–३ फाकदामको विकास आधारभूत विद्यालयमा बाल विकास सहजकर्ता नियुक्त गरिएको हो ।

चिचिला गाउँपालिकामा २१ विद्यालय छन्  । सत्र विद्यालयमा गत वर्ष नै बाल विकास सहजकर्ता नियुक्त गरिएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्