Logo

प्रधानमन्त्रीको मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्छौं : डा. शाह



काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै हुने भएको छ । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो जानकारी दिएकी हुन् । उनले मिर्गौलाको प्रत्यारोपण गर्न सिंगापुर र अमेरिका नजाने बताईन् ।

उनले प्रधानमन्त्रीले अहिलेकै अवस्थामा मन्त्रिपरिषद बैठक राख्नसक्ने पनि बताइन्। प्रधानमन्त्री ओली दश दिनको अस्पताल बसाईपछि आज डिस्चार्ज भएका छन् । उनको एपेन्डिसाईटिसको शल्यक्रिया भएको थियो ।

सिंहले प्रधानमन्त्री ओली नियमित काममा फर्किन सक्नेपनि सुनाईन् । उनले भनिन्,‘प्रधानमन्त्रीज्यूले अहिले पनि सरकार र पार्टीका बैठक राख्न सक्नुहुन्छ। दुई सातापछि त मंसिर १० अघिकै अवस्थामा फर्किनुहुन्छ।’ उनले नेपालमा मिर्गौलाको सफल प्रत्यारोपण भइरहेको बताउदै प्रधानमन्त्री ओली पनि मिर्गौला प्रत्यारोपणको लागि विदेश जानु आवश्यक नभएको तर्क गरिन् ।

सिंहले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दा केही जोखिम हुने भए पनि धेरैले सफलतापूर्वक दुई तीन पटक प्रत्यारोपण गरेको बताइन्। प्रधानमन्त्री ओलीको चाहनापनि नेपालमै प्रत्यारोपण गराउने भएको उनको भनाई छ । उनले भने,‘नेपालमै सम्भव छ । प्रधानमन्त्रीको चाहनापनि यहीँ गर्नेछ । दोस्रोपटक प्रत्यारोपण गर्दा समस्या आउँछ । तर आँत्तिनुपर्दैन् । file photo



प्रतिक्रिया दिनुहोस्