Logo

प्रधानमन्त्रीले आजैबाट काम थाल्नुहुन्छ : डा.सायमी



काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आजैबाट काममा फर्कने भएका छन् । उनका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीले आजै साँझ महत्वपूर्ण भेटवार्ता गर्दैछन् । उनले भने,‘प्रधानमन्त्रीज्यूले आजैबाट काम थाल्ने कुरा छ, आज साँझ ७ बजे बैठक बोलाउनुभएको छ ।’

तर, आफूहरुले अझै एक हप्ता आराम गर्नैपर्छ भनेर सुझाव दिएको पनि सुनाए । उनले भने,‘उहाँ अब एक सातापछि नर्मल काममा फर्किनसक्नुहुन्छ । तर, उहाँले त आजैबाट बैठकमा सहभागी हुने तयारी गर्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्