Logo

एकल पौडीमा गौरीकाले दिलाइन् स्वर्ण



काठमाण्डौँ,१९ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालकी गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर प्रि स्टाइल एकल पौडीमा गौरीकाले भारतीय खेलाडीलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेकी हुन् । यो स्वर्ण एकल पौडीतर्फ पहिलो हो ।

गौरीकाले भारतकी सुभांगी शर्मालाई पराजित गर्दै नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी हुन् । भारतकी खेलाडी शुभांगीले भने रजतमा चित्त बुझाइन् ।



प्रतिक्रिया दिनुहोस्