Logo

जीवन सफल बनाउने दश सफलताको सूत्र



जीवन सफल बनाउन साधना, अनुशासन, कडा परिश्रम र त्याग तपस्या चाहिन्छ । यसका अलावा जीवनमा आइपने कठिनाईसँग जुध्ने कौशल पनि आवश्यक पर्छ । जीवनमा कर्मप्रति अभिप्रेरित गर्ने मार्ग तयार हुनुपर्छ । जीवन जिउने सफलताका दश उत्तम सूत्रहरु यसप्रकार छन्ः

१. अरुको गल्तीबाट सिक्नुपर्छ, आफैले प्रयोग गरेर सिक्दा तपाईको आयु कम हुन सक्छ ।

२. प्रगति गर्न चाहानेले जोखिम उठाउनु पर्छ जस्ले जोखिम उठाउँछन ऊ मात्र प्रगतिको हकदार हुन्छन् ।

३.बुद्धिमान मानिस वर्तमानमा बाँचेका हुन्छन । हामी भुतप्रति पछुतो र भविष्य प्रति चिन्तीत हुनुपदैन ।

४.कुनै काम शुरु गर्न अघि आफैलाई ३ प्रश्न सोध्नुहोस् । किन गदैर्छु, नतिजा के आउँछ र म सफल हुन सक्षम हुनेछु त यसको चित्त बुझ्दो जवाफ पाउनुस् अनि मात्र काम थाल्नुहोस् ।

५. कोही व्यक्ति आफ्नो जन्मबाट नभई आफ्नो कर्मबाट महान बन्न सक्छ ।

६. डरबाट नभाग्नुहोस् बरु डर लाई भगाउनोस् ।

७.इमान्दारीपूर्वक काम गर्नेहरु खुशी हुन्छन् । असफलता देखि नडराउनोस् ।

८.आफ्नो स्तर मिल्ने साथीहरु बनाउनोस् । स्तर मिल्नेले मनमा बढी सुख दिन्छन् ।

९.शक्ति र सौन्दर्य दुवै शिक्षाको अघि कमजोर हुन्छन् । शिक्षित व्यक्तिले जहिले पनि आदर पाउँछ ।

१०.कुनै व्यक्तिहरु धेरै इमान्दार पनि हुनुहुँदैन, सिधा रुख र व्यक्तिहरु नै पहिला छाँटिन्छ ।



प्रतिक्रिया दिनुहोस्