Logo

एसएसपीको अन्यायपूर्ण अवकाश



नेपाल प्रहरीका एसएसपी वीरेन्द्र श्रेष्ठले अवकाश पाएका छन् । उनको अवकाश एक किसिमले अन्यायपूर्ण देखिएको छ । किनकी ३० वर्षे सेवाहदले उनले अवकाश पाएका होइनन् । एसएसपीो ६ वर्षे पदावधीका कारण उनले बुधबार अवकाश पाएका हुन् ।

उनको अवकाश किनपनि अन्यायपूर्ण छ भने उनीभन्दा जुनियरलाई डिआईजीमा बढुवा गरेर उनलाई छुटाइएको थियो । डिआईजीमा बढुवा भएको भए उनी असारसम्म पदमै हुन्थे ।

गत वर्ष डिआईजीमा बढुवामा परेका शैलेस थापा क्षत्री, हरि पाल, निरज शाही, प्रद्युम्न कार्की उनीभन्दा जुनियर हुन् । त्यतीबेला त उनी छुटे नै । पछि डिआईजीको एक पद रिक्त भएको थियो । जसमा उनी एक्ला दाबेदार दिए । तर, उनीभन्दा दुई ब्याच सिनियर विश्वराज पोखरेललाई बढुवा गरियो । जसकारण उनको अवकाश खुशीमय हुन सकेन ।

उनीसँगै भर्ना भएका ठाकुर ज्ञवाली, तारिणी लम्साल लगायत सर्वेन्द्र खनालपछि आईजिपीको दौडमा छन् । ‘संगठनमा न्याय मरेपछि यस्तो त हुने नै भयो,’ प्रहरी एकेडेमीका एक प्रहरी अधिकृत भन्छन्,‘जोसँग पैसा र पावर छ तीनै प्रहरी अधिकारीहरुको संगठनमा राज छ ।’-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्