Logo

पृथ्वीलाई निलेपछि सूर्य यसरी ध्वस्त हुनेछ



सौर्य मण्डलको निर्माण प्रक्रियाका कारण हाम्रो ग्रह र अन्य ग्रहहरु सन्तुलित भएर काम गर्दछ । विज्ञहरुको अनुसार सानो बौना तारालाई ठूलो ग्रहले परिक्रमा गरिरहेको छ ।

हाम्रो सौर्य मण्डल सधै यतास्थितिमा नहुने र यसको अन्त्य हुने विज्ञहरु बताउँछन् । सौर्य मण्डलको अन्त करिब छ अर्ब वर्ष पछि हुने जनाइएको छ । यो निरन्तर बढ्ने र तत्काल रहेको सूर्यको आकार भन्दा करिब दुई सय गुणा ठूलो हुने सक्ने जनाइएको छ । त्यस ठूलो ग्रह रेड जाइन्ट भनेर चिनिन्छ । यसको आकार ठूलो हुने क्रममा पृथ्वीलाई ध्वस्त पारेर सानो ताराको आकारमा परिणत गर्न सक्ने अनुमान विज्ञहरुले लगाएका छन् ।

सानो बौना तारा हाम्रो पूथ्वीबाट करिब दुई हजार प्रकाश वर्ष टाढा रहेको छ । जसलाई ठूलो ग्रहले परिक्रमा गरिरहेको छ । जसको आकार वरुण ग्रहको अनुपात रहेको छ । सानो बौना ताराको तापमान तीस हजार सेल्सियस छ । त्यस ताराको तापमान सूर्य भन्दा पाँच गुणा बढी रहेको र यसले सूर्य भन्दा बढी मात्रामा अल्ट्रा वायोलेट विकिरण फाल्ने जनाइएको छ ।

यस्तो ताराको गुरुत्वाकर्षण अत्याधिक हुने जस्ले कुनै प्रकारको वस्तुलाई समेत तान्न सक्ने क्षमता रखेको छ । ठूलो ग्रहले आफ्नो तापमान गुमाई रहेको छ । सानो बौना ताराले उच्च उर्जा फोटोहरु हाम्रो ग्रहमा फालिरहेको र हाम्रो ग्रहमा रहेको उत्कृष्ट ग्याँसहरुलाई तीन हजार टन प्रति सेकेण्ड आफूतिर तानेको विज्ञहरु बताउँछन् । ठूलो टेलिस्कोपको माध्यमबाट सानो बौना ताराको आँकलन गरेको विज्ञहरुले जनाएको छ । त्यस टेलिस्कोपले कानो ताराको रङहरुलाई विभाजीत गरेर देखाउने गर्दछ ।

त्यसकारण सानो बौना ताराको वरिपरि रहेको ग्याँसले तारालाई समेत परिक्रमा गरिरहेको जनाइएको छ । त्यस कारणले हाम्रो सौर्य मण्डलको वरिपरिको प्रकाशहरुलाई अनुमान लगाउन र सूर्यको अन्त्यको समय पत्ता लगाउन विज्ञहरुको अनुसन्धान गरिरहेको जनाइएको छ । जब सूर्य रेड जाइन्ट स्टारको वरिपरि जान्छ त्यस बेला रेड जाइन्टको आकार झन् ठूलो हुने र त्यसले पूथ्वी, बुध ग्रह र शुक्र ग्रहको कक्षमा परिक्रमा गर्नेछ । परिक्रमा गर्ने क्रममा पूथ्वी सूर्यद्धारा समाहित हुन सक्ने जनाइएको छ ।

पृथ्वीपछि यसले अन्य ग्रहलाई विस्तारै आफूमा समाहित गर्छ । तर, सूर्य आफै पनि समाप्त हुनेछ । यसले पृथ्वीलगायत ग्रहलाई निलेपछि आफू पनि यसरी नै निलिने अवस्थामा पुग्नेछ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्