Logo

काइलीका २७ करोड फलोअर



काठमाडौं, मंसिर २० । सोसल मिडियामा सुपर मोडल काइली जेनरका २७ करोड फलोअर पुगेका छन् । काइली आफ्नो व्यापार व्यवसायमा जति चर्चित छिन् त्योभन्दा बढी ग्ल्यामरको क्षेत्रमा पनि चुनिएकी छन् ।

उनकी बहिनी केन्डल पनि यही क्षेत्रमा छिन् ।सेलिब्रेटी बिजनेस उमनको उपमा पाएकी उनी आफ्नो कस्मेटिक कम्पनीको ६१ प्रतिशत सेयर बेचेपछि अहिले चर्चामा छिन् । अर्बपति काइलीको सेक्सी र बिकिनी भिडियो सोसल मिडियामा छाएको छ ।

उनले आफ्नो कम्पनीको सेयर चार हजार तीन सय २० करोडमा बेचेकी हुन् । यो कम्पनीमा अब धेरै चुनिएका कम्पनी जोडिने भएका छन् । यो कस्मेटिक फर्मले अन्तर्राष्ट्रिय ब्युटी ब्रान्ड बेच्ने गर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्