Logo

रोकिइनन् गौरिका



काठमाडौँ, २० मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । यसपालिको संस्करणमा नेपालका लागि पौडीमा यो पहिलो पदक हो ।

उनले निर्धारित दूरी २ मिनेट ०५।०६ सेकेन्डमा पूरा गरिन्। यसैगरी पुरुषतर्फको २ सय मिटर फ्री स्टाइलमा श्रीलंकाकामेथ्यु डंकान अविसिंहेले स्वर्ण जिते। उनले १।४८ मिनेटमा निर्धारित दूरी पार गरे।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्