Logo

ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा



काठमाडौं, मंसिर २० । अन्तरदेशीय विद्युत् व्यापार सहजीकरण गर्ने ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल र भारतबीचको विद्युत् व्यापारलाई सहजीकरण गर्न धनुषामा निर्माणाधीन यो सबस्टेसन सन् २०२० को जनवरीबाट सञ्चालनमा आउने भएको छ।

डिसेम्बर भित्र निर्माण सम्पन्न गरी जनावरीबाटै सञ्चालन ९चार्ज० गर्ने गरी आधुनिक प्रविधियुक्त यो सबस्टेसनको निर्माण कार्य करिब अन्तिममा पुगिसकेको छ। पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका गर्न यो ढल्कबेर सबस्टेसन हब हुने दाबी नेपाल विद्युत् प्राधिकरणको छ।

सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातको पूर्वाधार तयार हुनेछ। यसबाट ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिनेछ।

यसबाट प्रवाह हुने बिजुली मुलुकभित्र खपत हुन नसकेको भारत निर्यात गर्न सकिने गरी तयार हुँदै गरेको पूर्वाधार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।अन्नपूर्ण पोस्टबाट



प्रतिक्रिया दिनुहोस्