Logo

पशु चिकित्सकलाई बलात्कार गर्ने चार जनालाई गोली ठोकियो



काठमाडौं, मंसिर २० । भारतको हैदराबादस्थित निजि अस्पतालमा कार्यरत महिला पशु चिकित्सकमाथि बलात्कारपछि जिउँदै जलाइएको अभियोगमा पक्राउ परेका चार जना प्रहरीसंगको मुडभेडमा मारिएका छन् ।

२६ नोभेम्बरको राती ९ बजे भएको उक्त घटनामा महिला डाक्टरको स्कुटिको टायर पञ्चर गराएर आरोपीले सहयोग गर्ने वाहानामा महिलालाई एकान्तमा लगि बलत्कार गरेका थिए ।

चार जनाले पटक–पटक बलात्कार गरेपछि महिलाको हत्या गरेका थिए । घटना भएको दोस्रो दिन स्थानिय एक नदिको पुलमुनि गोप्य अंग पोलिएको अवस्थामा उक्त महिलाको शव भेटिएको थियो । यो घटनालाई लिएर भारतका विभिन्न शहरमा प्रदर्शन भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो ।

ती चारै जनाको शुक्रबार प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । यो इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो ।

शुक्रबार राति चारै अभियुक्तलाई महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगिएको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनीहरुमाथि प्रहरीले गोली प्रहार गरेको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्