Logo

चिसोले बनायो नयाँ रेकर्ड



काठमाडौं, मंसिर २० । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । हिजो ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढेको छ । आजदेशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने बाँकी भुभागको मौसम सामान्यतया सफा छ ।

दिउँसो देशका पश्चिमी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भभागमा आंशिक बदली रहने अनुमान विभागले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्