Logo

सुनको मूल्यमा गिरावट



काठमाण्डौँ,२० मंसिर । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । विहीबार छापावाला सुन प्रतितोला ७२ हजार रहेको थियो ।

आज भने छापावाला सुन प्रतितोला तीन सयले घटेर ७१ हजार सात सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य भने ७१ हजार चार सयले कारोबार भइरहेको छ । चाँदीको मूल्य यथावत रहेको छ । विहीबार चाँदी प्रतितोला आठ सय ५० रहेको थियो भने सोही मूल्यमा आजपनि काराबार भइरहैको छ ।



प्रतिक्रिया दिनुहोस्