Logo

उपसभामुख नै सभामुख बन्ने सम्भावना छ- विष्णु रिमाल



काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकै नजिक भएर लामो समययता काम गर्दै आएका विष्णु रिमाल प्रमुख राजनीतिक सल्लाहकार छन् । उनले प्रधानमन्त्री एक्सनमा उत्रिएर महत्वपूर्ण काम गर्ने विषय खुलाएका छन् । यसै सेरोफेरोमा रिमालसँग ऋषि धमलाले गरेको कुराकानीः

प्रधानमन्त्रीको कार्ययोजना के छ ?
उहाँलाई एपेन्डिसाइटिसको समस्या आएको थियो, त्यसबाट मुक्त हुनुभएको छ । अब केही दिनमा क्याबिनेटको मिटिङ राख्नुहुन्छ र मन्त्रीहरुलाई ठिक ढंगले काम गर्न निर्देशन दिनुहुन्छ ।
विकास र समृद्धिको सरकारको एक्सन कहाँबाट सुरु हुन्छ ?
पहिलो एक्सन त जसरी प्रधानमन्त्रीले आपूm अस्पताल जानुभन्दा अगाडि मन्त्रीहरुलाई निर्देशन दिनुभएको थियो । त्यसैबेलाको कामलाई हेरेर सुरु भइसक्यो । उहाँले मन्त्रीहरुलाई त्यसबेला फागुन महिनाभित्र गर्नुपर्ने पुँजीगत खर्चलाई ध्यान दिनुहोस् भन्नु भएको छ । त्यसबेलासम्म राम्रो काम हुनुपर्छ भनेर उहाँले बुँदागत भन्नुभएको छ । कुन विषयमा कसरी काम गर्ने भन्नको लागि पहिला नै उहाँले कार्यसम्पादन करार गरिसक्नुभएको छ । प्रधानमन्त्रीले जनताले महसुस गर्ने गरी हुने कामलाई मात्रै माइलस्टोनमा राख्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले भ्रष्टाचारीलाई म छोड्दिन भन्नुभएको छ नि ?
प्रधानमन्त्रीले सर्धैं भन्ने गर्नुहुन्छ, ‘म भ्रष्टाचारीलाई जोगाउन बोल्दा पनि बोल्दिँन र मुखमा पानी राखेर पनि बस्दा पनि बस्दिँन ।’ यसले भ्रष्टाचारको बारेमा स्थिर खालको मान्यता हो । ‘सुशासनलाई तलमाथि पार्ने एउटा पनि काममा चुक्नुभयो भने तपार्ईहरुलाई सहन्न’ भनेर उहाँले मन्त्रीदेखि आफ्ना टिममा रहेका साथीहरु र सरकारका विभिन्न निकायमा रहेका साथीहरुलाई भन्दै आउनुभएको छ । पछिल्लो समय नैतिकता र सुशासनको विषयमा चुकेका साथीहरुलाई कारबाहीको दायरामा ल्याइएको छ । त्यही हिसाबले काम अगाडि बढाउने निर्देशन प्रधानमन्त्रीले सबैलाई दिनुभएको छ ।
तिनै तहमा तपाईंहरुकै सरकार छ, तर काममा ढिलासुस्ती छ किन यस्तो भएको हो ?
मानिसका अपेक्ष असीमित छन्, डेलिभरिमा स्रोतसाधनका सीमाहरु आउँछन् । हामी अहिले पनि राजनीतिक संक्रमणबाटै अगाडि बढिरहेका धेरै चिजहरु हामीले सोचे जसरी जाँदैन । जनताको आवश्यकता असीमित छन् । त्योसँग डेलिभरी पनि निरासा हुनुपर्ने खालको छैन । भ्रष्टाचारका कुरा पनि तीसौं वर्षदेखि बिग्रिइएको मुलुकलाई हामी एकैचोटी दुरुस्त पार्छौ भन्न थालियो भने सम्बभव छैन ।
प्रधानमन्त्रीले ‘भ्रष्टाचारीको मुख पनि हेर्दिँन’ भनिरहँदा मेडिकल कलेज सञ्चालक र विद्यार्थीबीचको समस्या समाधान हुन सकेन नि ?
यसको बारेमा बसेर सल्लाह गर्न सकिन्छ । हिजो केही भएको थिएन, विद्यार्थीहरु पनि राज्यले तोकेको शुल्क तिर्न वाध्य हुनुहुन्थ्यो । प्रणालीले काम गरेको थिएन, मानिसहरु प्रश्न उठाउँथे फेरि ‘लुरुलुरु’ मान्न वाध्य हुन्थ्ये । प्रधानमन्त्रले सोभैm भन्नुभएको छर्, सरकारले शुल्क निर्धारण गर्दा मुन्टो लुकाउने अनि चोर बाटोबाट विद्यार्थीको ढाड सेकाउने काम माहीलाई मान्य छैन ।’ त्यो हिसावले प्रधानमन्त्रीको अभिव्यक्ति आएपछि सबै संयन्त्रहरुले काम गर्न थाले । पहिला चिकित्सा शिक्षामा पढ्न साथीहरुको कुरा थियो । अहिले नयाँ कुरा पनि उठेको छ । अहिले अरु पनि हाम्रो पनि बढी लिएको छ भनेर आउन थालेका छन् ।
चिकित्सा शिक्षाका विद्यार्थीले परीक्षा बहिष्कार गर्नुभएको छ नि ?
त्यो तहसम्म जानुपर्छ कि पर्दैन बहसको विषय होला । हिजो हामी निरंकुश शत्ताको विरोधमा थियौं । अहिले आफ्नो सत्ता भएकाले संवादले पनि अगाडि जान सकिन्छ । अहिले प्रधानमन्त्रीले जुन बाटोबाट काम थाल्नुभएको त्यसलाई बल पु¥याउनुपर्छ । सकारात्मक ढंगले खोज्यौं भने काम भएको देखिन्छ । नकारात्मक रुपबाट खोज्यौं भने बिग्रिएको देखिन्छ । ठेकेदारको कुरा पनि दुई अर्ब बढी रकम र १८ वटाभन्दा बढी ठेक्का रुग्णमा गएको भनिएको छ । त्यसलाई पनि छोडिँदैन । कुनै पनि दोषीमाथि कारबाही गर्न कानुन बाधक बनेको छ भने बनाइन्छ । जे गर्दा शासनको अनुभूति जनताले पाउँछन् त्यही अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभाको बैठक कहिले बस्ला ?
अब चाँडै नै क्याबिनेट बस्छ । अपरहाउसको म्याद सिद्धिनु ३५ अगाडि नै चुनाव गर्नुपर्छ । राष्ट्रियसभा म्याद फागुन २० गते सकिन्छ, २१ गते राष्ट्रियसभाका एक तिहाइ सदस्यको सपथग्रहण गराउनुपर्छ । ३५ दिन अगाडि नै राष्ट्रियसभाका नयाँ सांसदहरु चुनिइसक्नुपर्छ । त्यसको लागि दल दर्तादेखि निर्वाचन आयोगका प्रक्रियाहरु छन् । यी कामको लागि क्याबिनेटले तय गर्नुपर्ने हुन्छ । यी सबै काम लागि राष्ट्रपतिलाई पत्र लेख्ने, तिमि तोक्ने काम हुन्छन् ।
सभामुख चयनको प्रक्रिया पनि अन्यौलमा प¥यो भनिएको छ नि ?
त्यो पनि अन्यौल छैन । सबैले बुझ्नुपर्ने कुरा सभामुख पद रिक्त भइसकेपछि संसद्को अधिवेशन हुन्छ, त्यसबाट सभामुख चुनिनुहुन्छ । अहिले सभामुख कारणले काम रोकिएको छैन । अनावश्यक गीत गाएर उपसभामुखले गर्ने काम पनि अलमल्याउने काम गरियो, यो जरुरी थिएन । संविधान भनेको भावनाबाट पनि जाने हो, त्यहाँ लेखेको अक्षर हेरेर मात्रै होइन । सभामुख रिक्ततामा उपसभामुखले टुलुटुलु हेरेर बस्ने भनेर संविधानले भनेको छैन । कताकता मुद्दा परेका छरे भनेर पत्रपत्रिकामा पढ्न पाइन्छ । यी सबै तमासाहरु आवश्यक छैन जस्तो लाग्छ । यदि सभामुखको अभावमा काम रोकिएको हो भने संस्दको अधिवेशनपछि सभामुखको चुनाव भइहाल्छ के ठूलो कुरा भयो र ।
उपसभामुखले राजीनामा नदिँदा सभामुख चयनमा समस्या आउँछ कि ?
त्यो पनि आउँदैन । सभामुख र उपसभामुख फरक र पार्टी र लिंगको हुनुपर्छ भनेर हाम्रो संविधानले व्यवस्था गरेको छ । कोही महिलालाई सभामुख बनाउन चाहियो भने कुनै प्रनिधिसभाको महिला तयार भएर आउँछन् । उपसभामुखले राजीनामा पनि दिन सक्नुहुन्छ, दलको कुरामा पनि उहाँले राजीनामा दिन चाहनुभएन भने अर्को दलको मान्छे सभामुख भएर आउला ।
अहिलेको उपसभामुखलाई सभामुख बनाउन सक्ने सम्भावना छ ?
यो पनि सम्भावना छ नि । प्रतिनिधिसभाको सदस्य भएपछि सभामुख बन्न पाइन्छ । त्यो सम्भावना त सबैको छँदैछ नि ।
अहिलेको साग खेलमा प्रधानमन्त्रीको धारणा के छ ?
उहाँले अस्पतालभित्रै बाट भिडियो सन्देश पनि पठाउनुभएको थियो । अहिले खेलाडीहरुले जुन उत्साहका साथ मेडलहर जितिरहनु भएको छ । त्यसमा खेलाडीहरुलाई उहाँले वधाइ दिनुभएको छ । नयाँ सदस्यसचिव नियुक्त भइसकेपछि तीन महिना अगाडि साग खेल गराउन सक्दैनन् भनेर मिडियामा आएको थियो । रातारात यति धेरै मेडल जित्ने गरी खेल भयो । कतिपय संरचनाहरु राम्रोसँग सम्पन्न भएको थिएन होला, कम्तिमा खेल त भयो नि ।
यसपटक स्वर्ण, कास्य पदक जित्नेलाई सरकारबाट कस्तो पुरस्कार घोषणा हुन्छ ?
त्यो त एउटा व्यक्तिले भन्ने कुरा होइन । क्याबिनेटले कस्तो खालको घोषणा गर्छ हामीलाई थाहा हुँदैन । उपलब्धी हासिल गर्ने खेलाडीलाई निश्चित रुपमा प्रोत्साहन दिइन्छ । अहिले जुन रुपले खेलिरहेका छन्, उनीहरुलाई त्यसमै भविष्य खोज्नुपर्छ भन्ने तहमा सरकार जानुपर्छ । केही रुपैयाँ पुरस्कार घोषणा गर्ने कुरा त पुरम्परागत हो । हामीले त प्रणाली बनाउने हो ।
अब नेकपा कसरी अगाडि बढ्छ, प्रधानमन्त्रीको भूमिका कस्तो हुन्छ ?
प्रधानमन्त्रीको भूमिका प्रधानमन्त्री जस्तै बन्छ । पार्टी अध्यक्षजीहरुको भूमिका अध्यक्षको जस्तै हुन्छ । हाम्रो विधान र सहमति अनुसार हुन्छ । हाम्रो पार्टीमा दुईजना अध्यक्ष हुनुहुन्छ । एउटा अध्यक्षले सरकारको काम ध्यान दिने र अर्का अध्यक्षले पार्टीको काम बढी ध्यान दिने भनेर सहमति भएको छ । त्यसैगरी अगाडि बढ्छ । जहाँसम्म माधव नेपाललाई विशेष दूत बनाएर सीमाका बारेमा खटाउने भन्ने कुरा त्यो मैले पनि पत्रिकामा पढेको हुँ, त्यसभन्दा बढी मलाई जानकारी छैन ।
त्यसोभए प्रधानमन्त्रीले भन्नुभएको होइन ?
यसमा मलाई जानकारी छैन ।
माधव नेपालले नै मलाई प्रधानमन्त्रीले फोन गरेर विशेष दूत बनेर जानुस् भन्नुभयो भनेर ?
उहाँले नै भन्नुभएको हो भने होला । मलाई जानकारी छैन ।
भारतसँग नेपालले कसरी डिल गर्दै छ ?
छिमेकीका कुरामा कुटनीतिक तरिकाले डिल हुन्छ । सरल भाषामा भन्दा छिमेक भनेकै कहिलेकाही घाच्चघुच्च हुने ठाउँ हो । परको ठाउँमा सीमानाको कुरा हुँदैन । यी धेरै पहिलाको विषय हुन्, ती हल गर्नुपर्ने हो । तर यी विषय अहिले सतुरतापूर्ण रुपमा प्रस्तुत भइरहेका छन् । कालापानीको विषयमा हामीले स्पष्ट दावी गरेका छौं, भारतले त्यो सुनेको छ र उसले बसेर छलफल गरौं भनेको छ ।
प्रधानमन्त्री तहमा वार्ता हुन्छ ?
जे पनि हुन सक्छ । यो टेबलमा हुने विषय हो । यो म क्रान्तिकारी देशभक्त छु भनेर हिरो बन्न देखाउने विषय होइन । यसलाई आफ्ना प्रमाणका ठेलीसहित टेबलमा दावी गर्ने हो । विगतका सरकारलाई सहयोग भएन होला अहिलेको सरकारलाई जनता र प्रतिपक्ष दलको पनि सहयोग विश्वास छ त्यसैले यो विषय हल हुन्छ ।
चीनले पनि सीमा मिचेको छ, तर त्यतापट्टि हाम्रो सरकार बोल्दैन भन्ने छ नि ?
चीनसँग अहिले त्यस्तो देखिने गरी विवादै छैन । विवाद नभएको ठाउँमा कृत्रिम विवादमा किन फस्ने ? मुलुक अप्ठ्यारोमा फस्दा रमाउने मान्छे पनि छन्, उनीहरुले उठाएको कुरा हो ।
प्रधानमन्त्रीको मृर्गौला प्रत्यारोपणका कुरा आएको छ नि ?
खोइ मलाई त थाहा भएन ।



प्रतिक्रिया दिनुहोस्