Logo

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकिने



काठमाडौं, २० मंसिर । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तोक्ने भएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्ने भएको हो ।

क्याबिनेटले मिति तोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेख्ने प्रधानमन्त्रीका राजनीतिक मामला सल्लाहकार विष्णु रिमालले जानकारी दिए । राष्ट्रियसभाका एक तिहाई सांसदको कार्यकाल फागुन २० बाट सकिदैछ । म्याद सकिनुभन्दा ३५ दिन अगावै माघ १५ भित्र चुनाव भइसक्नुपर्छ ।

निर्वाचन आयोगले यसबारे सरकारलाई जानकारी गराइसकेको छ । आयोगले चुनावको मिति तोक्न पत्राचार गरिसकेकाले मन्त्रिपरिषद् बैठकबाट तय हुने बुझिएको छ । आयोगले चुनावको तयारीका लागि समय लाग्ने भएकाले मिति तोक्न पत्राचार गरेको हो ।

राष्ट्रियसभा सदस्यको म्याद सिद्धिनु ३५ दिन अगाडि नै चुनाव गर्नुपर्ने व्यवस्था छ । राष्ट्रियसभाका एक तिहाई जति सदस्यको कार्यकाल फागुन २० गते सकिन्छ, २१ गते राष्ट्रियसभाका एक तिहाइ सदस्यको सपथग्रहण गराउनुपर्ने हुन्छ । ३५ दिन अगाडि नै राष्ट्रियसभाका नयाँ सांसदहरु चुनिइसक्नुपर्छ ।

निर्वाचन आयोगमा राष्ट्रिय सभाको चुनावका लागि दल दर्तादेखि निर्वाचन आयोगका प्रक्रियाहरु छन् । यी कामको लागि क्याबिनेटले तय गर्नुपर्ने भएकाले समय तोकिने रिमालले खुलाए ।



प्रतिक्रिया दिनुहोस्