Logo

जनपत्रकार संगठन नेपालद्वारा ५ दिने जनपक्षीय आधारभुत पत्रकारिता तालिम सुरु



काठमाडौं, २० मंसिर । जनपत्रकार संगठन नेपाल सेती–महाकाली क्षेत्रीय समन्वय समितिको आयोजनामा बुधबार देखि ५ दिने जनपक्षीय आधारभुत पत्रकारिता तालिम सुरु गरिएको छ ।

तालिमको उदघाटन् गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सेती–महाकाली ब्युरो ईन्चार्ज ओमप्रकाश पुनले जनताका पक्षमा निर्भीकतापुर्वक कलम चलाउन जनपत्रकारहरुलाई आग्रह गरेका छन् ।

नेता पुनले उत्पीडित जनताका पक्षमा कलम चलाउनु जनपत्रकारको दायित्व हुने भन्दै तालिममा सहभागी प्रशिक्षार्थीलाई सक्रियतापुर्वक सहभागी भई जनताका पत्रकार बन्न अनुरोध गरेका थिए ।

तालिम उदघाटन् सत्रमा बोल्दै नेता पुनले देशभर पछिल्लो समय नागरिकका अभिव्यक्ति स्वतन्त्रता खोसिएको बेला जनपत्रकार संगठनले देशभर चलाएको अभियानले सार्थकता पाएको बताए । नेपाली पत्रकारहरु राष्ट्रियता, जनताका जनजिवीका र जनअधिकारबारे गम्भीर बनेर कलम चलाउनुपर्ने कुरामा जोड दिएका थिए ।

तालिमको उदघाट्न कार्यक्रममा सम्बोधन गर्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले सुदूरपश्चिममा सशक्त र निडर जनपक्षीय पत्रकार उत्पादन गर्ने हिसाबले तालिम महत्वपूर्ण हुने बताए । कतिपय मिडियाकर्मी र मिडियाले राज्य संचालकका मात्रै गुणगान गाएर श्रमजीवी जनताका पक्षमा कलम चलाउन छाडेको बताउदै तालिम पछि जनपक्षीय पत्रकारलाई आम शोषित पिडित जनताको पक्षमा कलम चलाउन आग्रह गरे ।

तालिम उदघाटन् कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पुर्व केन्द्रीय सदस्य देवीदत्त पाण्डे, जनपत्रकार संगठन नेपालका महासचिव हिम बिष्ट, कोषाध्यक्ष जानकि चौधरी, नेकपाका सेती महाकाली ब्युरो कार्यालय सचिव विवेक कुमाल, नेकपाका नेताहरू केदार, सहदेव, पुर्व विधायक पुरन राना लगायतको उपस्थिति रहेको थियो ।

तालिममा सेती–महाकाली ब्युरो अन्र्तगत ११ जिल्लाका प्रशिक्षार्थीको सहभागीता रहेको छ ।कार्यक्रम संगठनका क्षेत्रीय समन्वय समितिका सदस्य राजेन्द्र केसीको अध्यक्षता र भावेस उपाध्ययको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्