Logo

अफगान सेनाद्धारा हवाई कारबाहीमा पन्ध्र विद्रोही मारिए



२० मङ्सिर । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन् ।

बिहीबार अपराह्न कान्दाहार प्रान्तको नेश जिल्लामा गरिएको हवाई कारबाहीमा नौ लडाकू मारिएका थिए । त्यसैगरी हेलमण्ड प्रान्तका नहर ए साराज जिल्लामा भएको हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिएका छन् ।

उक्त प्रान्तहरुमा सक्रिय रहेका तालिबानी लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । हेलमण्ड र कान्दाहार तालिबानी लडाकू समूहको बलियो प्रभाव रहेको प्रान्त मानिन्छ ।

तर हाल सुरक्षाबलले पटक पटक यी लडाकू विरुद्ध गरेको कारबाहीको क्रममा सो प्रान्तका कैयौं भागमा सरकारको नियन्त्रणमा आएको अफगान सुरक्षाबलको दाबी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्