Logo

विश्वभर लोकप्रीय समाचारमा ‘भारतमा चार बलात्कार आरोपीको इनकाउन्टर’



भारतमा बलात्कारका चार आरोपीलाई प्रहरीले गएराति गरेको इनकाउन्टरको समाचार संसारभर चासोको विषय बनेको छ । विश्वप्रशिद्ध मिडियाले यो समाचारलाई प्रमुख बनाएका छन् ।

पश्चिमा मिडिया देखि संसारभरका मिडियामा यो समाचार छाएको छ । भेटेनरी डाक्टरलाई सामूहिक बलात्कार गरी जिउँदै लगाएर २७ नोभेम्बरमा हत्या गरिएपछि चार जना शंकास्पद व्यक्ति २९ नोभेम्बरमा पक्राउ परेका थिए । घटना छटपालीमा भएको थियो । हैदराबादबाट ३० किलोमिटर दूरीमा पर्ने उक्त क्षेत्रमा महिलाको विभत्स हत्यापछि अपराधीमाथि कडा कारबाही गर्ने आवाज उठेको थियो ।

महिला अधिकारवादीहरुले फाँसीको सजाय दिन भनेका थिए । पीडित महिलाकी आमाले आफ्नो छोरीलाई जलाए जसरी जिउँदै जलाउन माग गरेकी थिइन् ।
शुक्रबार विहानै चारैजना प्रहरी इन्काउन्टरमा मारिएको खबर बाहिर आउँदा मानिसहरु छक्क परेका थिए । यसले संसारभर ध्यान खिच्यो । उनीहरुलाई घटनास्थलमा अनुसन्धानका लागि लगिंदा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि इन्काउन्टर गरिएको भनिएको छ । प्रहरीमाथि आक्रमण गर्दा हात बाँधेर बस्न नसक्ने त्यहाँका प्रहरी प्रमुखले जवाफ दिएका छन् ।

पीटीआईले साइबराबाद प्रहरी कमिश्नल भी सी सज्जनरको भनाई उदृत गर्दै भने, चार जना आरोपी प्रहरी इन्काउन्टरमा मारिएका छन् । घटना कसरी घटेको भन्ने बारे सबै बताउन र घटनास्थलमै पुगेर घटनाको सम्पूर्ण विवरण संकलन गर्न लगिएकाहरुलाई जहाँ पेट्रोल खरिद गरिएको थियो त्यहीं लगिएको थियो । सर्वसाधारणले आक्रमण गर्न सक्ने भएकाले रातिको समयमा त्यस ठाउँमा लगिएको भनिएको छ । तर, प्रहरीमाथि उल्टै जाइलागेको भन्दै गोली चलाइएको भनिएको छ । उनीहरु चारैजना मारिए ।

२७ नोभेम्बरमा भेटेनरी डाक्टरको योजनावद्ध तरिकाले बलात्कार गरेका थिए । शुरुमा उनको सवारी साधन पंक्चर गराए । त्यसपछि सहयोगी भावना देखाए । उनलाई घिसारेर झाडीमा लगी ट्रकको पछाडि बलात्कार गरे । उनको भित्री कपडा एक सय मिटर बाहिर टाढा फेला परेको थियो ।
घटनापछि उनलाई पेट्रोल छर्केर जलाए । उनको अर्ध जलेको शरीर भोलिपल्ट फेला परेको थियो । Photo Source: Indian Express



प्रतिक्रिया दिनुहोस्