Logo

भागवत गीताले दिएको सन्देश



मार्गर्शीष मासको शुक्ल पक्षको एकादशी तिथिको मोक्षदा एकादशी को नाम सुनेको नै हुनुपर्छ । यस दिन द्धापर युगमा भगवान श्रीकृष्णको मुखबाट गीताको जन्म भएको हो । यसकारण मार्गर्शीष शुक्ल एकादशीलाई गीता जयन्तीको रुपमा मनाउँदछन् ।

भगवान श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनको जीवन, मरण, मोह मायाको चक्रबाट मुक्त गर्न गीताको उपदेश दिएका हुन् । गीताको उपदेश आज पनि उत्तिकै महत्वपुर्ण छ । यदि आजको समयमा पनि गीताको प्रमुख उपदेशको आत्मासाथ गर्ने हो भने जीवनमा सफलताको ढोका अवश्य खुल्दछ । जीवन सुखमय र आनन्दमय हुन्छ ।
जीवन सफल गर्ने गीताकोे उपदेश :

आत्मा अमर छ शररि नासवान हो ।

शरीर नासवान हो । अग्नि, जल, वायु, पृथ्वी र आकाश बाट बनेको हो । एकदिन यसमा मिल्न आउँछ । आत्मा अविनाशी हो, उ कहिले पनि मर्दैन, न त उसको जन्म हुन्छ त न मृत्यु नै । आफ्नो शरीरको सुन्दरतामा गर्व नगर्नु, आत्मा नै तपाईँको पहिचान हो ।

हरेक परिस्थितिमा स्थिर रहनुस

यस संसारमा सबैकुरा परिर्वतनशिल छ । हरेक समयमा हरेक चिज बदलिरहन्छ । परिवर्तन यो संसारका नियम हो । यसकारणबाट मानिस सुख, दुख, मृत्यु, विजय, पराजय, सम्मान, निंदा आदी परिस्थितिमा आफुलाई स्थिर राख्नुपर्छ ।

रिस नियन्त्रणमा राख्नुहोस्

रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो । आफ्नो रिस नियन्त्रणमा राख्नुपर्छ । विवेकहिन व्यक्ति कोही पनि सहि निर्णय लिन सक्दैन । यसकारण आफ्नो रिस नियन्त्रणमा राख्नु जरुरी हुन्छ ।

कर्ममा विश्वास राख्नुहोस्

मानिसले सधै आफ्नो कर्म गर्नुपर्दछ । तपाईले गरेको कर्मको फल दिन्छ । फलको आशा नगरी आफ्नो कर्म गर्नुपर्छ । कर्म विना जीवनको कुनै आधार नै हँुदैन ।

कर्म अगाडि विचार गर्नुहोस्

कुनै काम गर्नुअघि पुर्व विचार गनुृहोस् । तपाई जुन कार्य गर्दै हुनुहुन्छ त्यो सही वा गलत । कर्म पछि को फल पनि आफै भोग्नुहोस् ।

वर्तमानको आनन्द लिनुहोस्

जे हुनु थियो उही भयो त्यो तपाइको नियन्त्रणमा हुँदैन । यसका लागी तपाई चिन्चीत नहुनु । वितीसकेका र आउने दिनको चिन्ता गर्नु व्यर्थ हो । मानिस सधै वर्तमानको आनन्द लिनुपर्दछ ।

इच्छालाई नियन्त्रण राख्नुहोस्

जहाँ जाउ इच्छाको अन्त नै हुदैन, यो असिमित र अनन्त हुन्छ । मानिसले आफ्नो इच्छालाई दबाउन सक्नुपर्छ । तिव्र इच्छाहरु आफ्नो दुख र समस्याको कारण बन्न सक्छ ।

मृत्यु पूर्ण

धेरै मानिसलाई सधै शक्तिशाली, धन , वैभव सम्पन्नशाली रहन मन लाग्छ, त्यो सोचाइ गलत हो । यस संसारमा मृत्यु एक पुर्ण सत्य हो, जसले जन्म लिन्छ उसको मृत्यु निश्चित हुन्छ । मानिसको मृत्युमा डराउन हुन्न, वर्तमान कर्ममा रमाउनुपर्छ ।

ईश्वर तपाईँको साथमा हुनुहुन्छ

ईश्वर सदैव मानिसको साथमा हुन्छन । मानिसले आफुलाई स्वंय ईश्वर प्रति समर्पित गर्नुपर्दछ । उँहा सर्वशक्तिशाली हुनुहुन्छ, जसले हाम्रो रक्षा गर्नुहुन्छ, यसैले मानिस जहिले पनि सुख,दुख,डर, शोक आदीबाट मुक्त हुनुपर्छ ।

अधिकलाई वेवास्ता गर्नुहोस्

जीवनलाई सन्तुलनमा राख्न आवश्यक हुन्छ, यसैले मानिस कुनै प्रकारको अधिक बाट बच्नुपर्छ । सुख,दुख,माया, प्रेम कुनैको पनि अधिक गनुहुँदैन, यो तपाईको लागि हानीकारक हुन्छ । Photo Source : Shree Nangli saheb



प्रतिक्रिया दिनुहोस्