Logo

ढाड वा गर्दन दुखाईको रोकथाम उपाय



ढाड वा गर्दन एक्कासी सहनै नसक्ने गरि एकैपटक दुख्छ । कसैलाई अलिअलि मात्रै दुख्छ भने कसैलाई सहनै नसक्ने गरी दुख्छ । यस्तो समस्या लिएर दैनिक बिरमी अस्पताल जाने गर्छन् । यो समस्या विशेष गरेर बृद्धाबृद्धमा धेरै हुने भएपनि मध्य उमेरको मानिसलाई पनि हुने गरेको छ ।

कारण

  • धेरै बेर एकै ठाउँमा बसेर जुरुक्क उठ्दा
  • शरीरमा पानीको कमी हुँदा
  • गह्रुंगो बस्तु उचाल्दा
  • बस्ने पोजिसन नमिल्दा
  • शरीरमा भिटामिनको कमी भएमा

लक्षण

  • कसैलाई लक्षण नै देखिदैन भने कसैलाई केहि लक्षण देखिन्छन ।
  • ढाड वा गर्दन मन्द वा बेस्सरी दुख्नु ।
  • सुतेर उठ्दा ढाड एक्कासी दुख्नु ।
  • काम गरिरहदाँ ढाड वा गर्दन दुख्छ तर यस्तो दुखाई केहि समय पछि निको हुनु ।

उपाय

  • नियमित व्यायाम गर्ने
  • तौल नियन्त्रण गर्ने
  • यात्रा गर्दा बीच बीचमा आराम गर्ने
  • शरीरलाई ग्राहो हुने वस्तु नउचाल्ने
  • लामो समय एउटै ठाउँमा नबस्ने वा एक एक घण्टामा यताउता चलिरहने
  • सन्तुलित भोजन खाने
  • सुत्ने र बस्नेको सन्तुलन मिलाउने, धेरै कडा वा नरम ओछ्यानमा नसुत्ने

Photo Source : Practo



प्रतिक्रिया दिनुहोस्