Logo

८१ स्वर्णसहित भारत शीर्ष स्थानमा, नेपाल ४१ स्वर्णसहित दोस्रो (पदकको सूचिसहित)



काठमाडौं, २० मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ । शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ ।

नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ । यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले आज गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका :

देश स्वर्ण कास्य रजत जम्मा
भारत ८१ ५९ २५ १६५
नेपाल ४१ २७ ४८ ११६
श्रीलङ्का २३ ४२ ६९ १३४
पाकिस्तान १९ २५ २९ ७३
बङ्गलादेश ४ १८ ५१ ७३
माल्दिभ्स १ ० २ ३
भूटान ० ० ६ ६
–––



प्रतिक्रिया दिनुहोस्