Logo

मन्त्री बाँस्कोटाको उद्धघोष : यो सरकार हुतिहारा र कायरहरुको होईन



बनेपा, २० मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताएका छन् । उनले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’ हरुको नभएको जिकिर गरे ।

एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ शिक्षामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बाँस्कोटाले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको सरकार भएको बताए ।

उनले भने,“हामी कसैको एक इञ्च पनि जमीन मिच्न जाँदैनौँ, हाम्रो धर्तीको जमीन पनि कसैलाई दिँदैनौँ, बुझाउँदैनौँ, यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो ।” सरकारले कसैलाई अन्यायपूर्ण व्यवहार नगर्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, “नेपालीलाई कसैले अपमान र धक्का पुग्ने काम गर्छ भने सहने छैनौँ ।” उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अघि बढ्न राष्ट्रिय सहमति प्राप्त भइसकेकाले कूटनीतिक र राजनीतिक प्रयासलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

मन्त्री बाँस्कोटाले सुस्ताको विषय पनि बाँकी रहेकाले सरकारले क्रमैसँग कूटनीतिक र राजनीतिक प्रयास जारी राख्ने दोहो¥याए । उनले भने, “सुस्ताको विषय पनि बाँकी नै छ, यी समस्या समाधान गर्न समय लाग्छ ।” कालापानी, लिपुलेक र लिम्पियाधुराका देखिएका समस्याको समाधान कूटनीतिक र राजनैतिक तवरबाट हुने उहाँले प्रष्ट पार्नुभयो । उहाँले जनताको चिन्ता र चासोप्रति सरकारको एक्यबद्धता रहेको बताए ।

“हाम्रो देश कसैको उपनिवेश भएन, नेपाल कसैसँग हारेन र कसैको दास बनेन”, उनले भने । मन्त्री बाँस्कोटाले आजै एशियाली विकास बैंक ९एडीबी०को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ ९शिक्षा०मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थलीमा नवनिर्मित अरुणोदय माध्यमिक विद्यालयको भवन उद्घाटन गरे । रासस file photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्