Logo

पत्रकार महासंघद्धारा पत्रकारमाथि भएको आक्रमणको भत्र्सना



काठमाडौं, २० मंसिर । पत्रकारहरु रामचन्द्र दुलाल, सिबी खड्का (छक्कबहादुर खड्का) र प्रकाशचन्द्र दाहालमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले भत्र्सना गरेको छ ।

स्थलगत रिपोर्टिङका क्रममा बिहीबार दिउँसो काठमाडौँबाट काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडवल पुगेका शाखाका सदस्य दुलाल, खड्का र दाहाललाई वडाध्यक्ष सचिदानन्द केसीले आक्रमण गरेको भन्दै त्यसप्रति महासङ्घले आपत्ति जनाएको छ ।

“मङ्सिर १२ गते दुई सन्तानकी आमा कविता कार्कीको रहस्यमय निधन भएकाले हालसम्म दाहसंस्कार नगरिएको विषय बाहिरिएपछि वास्तविकता बुझ्नका लागि पत्रकारको टोली बनेपा पुगेकामा बनेपा नगरपालिका–६ का वडाध्यक्ष केसीलगायतको समूहले रिपोर्टिङमा सङ्लग्न पत्रकारमाथि निर्घात कुटपिट गरिनु खेदजनक घटना हो”, काठमाडौँ शाखाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँ शाखाले वडाध्यक्ष केसीले जफत गरेको सञ्चार उपकरण तुरुन्त फिर्ता गर्नुपर्ने, घाइते पत्रकारको उपचार गर्नुपर्ने, आइन्दा त्यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धतासहित माफी माग्नुपर्ने र प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको उच्च सम्मान गर्नुपर्ने माग गरेको छ ।

पत्रकार महासङ्घले पत्रकार अवधेशकुमार झामाथि बिनाकारण खानतलासी गरेकामा समेत आपत्ति जनाएको छ । महासङ्घका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक झाको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित निवासमा प्रहरीले बुधबार बिनाकारण खानतलासी गरेकामा निन्दा गर्दै महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाहीको माग गरिएको छ ।

यस्तै, नेपाल पत्रकार महासङ्घले काठमाडौँ शाखाका सभासद् सन्तोष बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा संवाददाता शुभेन्दर दासलाई समाचार सङ्कलनका क्रममा दुव्र्यवहार गरेकामा आपत्ति जनाइएको छ । उनीहरुलाई नेपाल भारत सीमास्थित जनकपुरधाम–जटही छोटी भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा नवीनकुमार पाण्डेले दुव्र्यवहार गरेको महासङ्घले जनाएको छ ।

यही मङ्सिर १८ गते सेवाग्राहीसँग भन्सार कार्यालयका कर्मचारीले पैसा असुली गरिरहेको दृश्य क्यामरामा कैद गरिरहेको अवस्थामा पत्रकार बराइली र दासलाई नायब सुब्बा पाण्डेले क्यामरा खोसेर दुव्र्यवहार गरिएको महासङ्घद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नागरिकलाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारलाई गरिएको दुव्र्यवहारले पत्रकारको संवैधानिक स्वतन्त्रताको हनन भएको महासङ्घको ठहर छ । महासङ्घका महासचिव विष्टद्वारा जारी विज्ञप्तिमा उक्त कार्यको कडा निन्दा गर्दै घटनाको छानबिन गरी दोषी कर्मचारीमाथि कानूनी कारवाहीको माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्