Logo

एशियाली बौद्धिक अपाङ्गता महासंघको २४ औं सम्मेलन सम्पन्न



६ बुँदे घोषणापत्र जारी

काठमाडौं, २० मंसिर । एशियाली बौद्धिक अपाङ्गता महासङ्घको २४औँ सम्मेलन ६ बुदे घोषणापत्र जारी गर्दै शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।सम्मेलनमा सुस्त मनस्थिति भएका व्यक्तिको विकासमा कस्ता रणनीति अपाउने भन्ने विषयमा छलफल भएको महासंघले जनाएको छ ।

महासङ्घमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधि नेपालमा पनि भित्र्याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलनले मद्दत पुगको आयोजकले जनाएको छ ।

एशियाका ३५० जनाको सहभागिता रहेको सम्मेलनमा १४ देशका प्रतिनिधिले पाँच विषयमा ३२ जना विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिको सम्मान, सुरक्षा र सहभागिताको व्यवस्था गरेको र सार्वजनिक सेवा, राजनीति, आर्थिक तथा सामाजिक विकासमा सहभागी गराएको जानकारी गराए ।

नेपालको जनगणना २०६८ सालको तथ्याङ्कअनुसार कूल जनसङ्ख्याको दुई प्रतिशत अपाङ्गता भएको व्यक्ति रहेको उल्लेख छ भने सन् २०११ को विश्व बैंक र विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा कूल जनसङ्ख्याको १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति भएको उल्लेख छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्