Logo

सबा दुई खर्ब निक्षेप



काठमाडौं, मंसिर २१ ।जनता बैंकसँग एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ। यसको निक्षेप दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै र पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ। अन्य कुनै पनि वाणिज्य बैंकसँग यति ठूलो निक्षेप र पुँजी छैन।

जनतासँग शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई पुँजी, निक्षेप, कर्जा परिचालन, शाखा र ग्राहकका हिसाबले सबैभन्दा ठूलो बैंक भएको हो। नेपाल राष्ट्र बैंकको मर्जर नीति अनुसार यी दुई बैंकले मर्ज भई ग्लोबल आइएई नामबाट एकीकृत कारोबार सुरु गरेका छन्।

चालु आव ०७६र७७ को बजेटबाट सरकारले वाणिज्य बैंकलाई मर्जरमा जान प्रोत्साहित गरेपछि यी दुई वाणिज्य बैंक मर्ज भएका हुन्। ग्लोबलले अहिलेसम्म तीनवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र पाँचवटा फाइनान्स कम्पनी मर्ज तथा प्राप्ति गरेको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्