Logo

३२ वर्षपछि म्याराथनमा किरणले दिलाए देशलाई स्वर्ण



काठमाडौं, २१ मंसिर । सागको म्याराथनमा नेपाली धावक किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । शनिबार विहान सम्पन्न म्याराथनमा बोगटीले दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा ४२.२ किलोमिटर दूरी पूरा गरेर स्वर्ण जितेका हुन् ।

बोगटीले ३२ वर्षपछि देशलाई म्याराथनमा स्वर्ण पदक दिलाए । उनले भारतका रामपाल सिंहलाई कम अन्तरले पछि पारे । राजपालभन्दा ४० सेकेन्ड पहिले बोगटीले दौड पूरा गरे ।

म्याराथनमा राष्ट्रिय किर्तिमान बैकुण्ठ मानन्धरको नाममा छ । उनीपछि कुनैपनि नेपाली म्याराथन धावकले सागमा स्वर्ण पदक जितेका थिएनन् ।

महिला तर्फको प्रतिष्पर्धामा नेपालले रजत पदक जितेको छ । नेपालकी पुष्पा भण्डारीले २ घन्टा ५० मिनेट ११ सेकेन्डमा दूरी पूरा गरी रजत जितेकी हुन् । श्रीलंकाकी हिरुनी केसरी विजयारत्नेले २ घन्टा ४१ ीमनेट २४ सेकेन्डमा दूरी पूरा गरी स्वर्ण जितिन् ।



प्रतिक्रिया दिनुहोस्