Logo

कुख्यात अपराधीलाई ‘इन्काउन्टर’ गरिहाल्ने यी प्रहरी



‘इन्काउन्टर स्पेसलिष्ट’ का रुपमा अहिले यी प्रहरी भारतभर चर्चामा छन् । असाध्यै निडर प्रहरी अधिकृत भी सी सज्जानारको परिचय धेरै अघि देखि स्थापित थियो । उनी हेर्दै डरलाग्दा देखिन्छन् । बोलीमा भने मिजास र नम्रपना छ ।

बलात्कारको आरोपमा पक्राउ परेका चारजना इन्काउन्टरमा मारिएपछि उनले भनेका थिए, हतियारसहित आक्रमण गर्न थालेपछि के प्रहरी हात बाँधेर बस्छ । शुक्रबार विहान विश्वभरका मिडियाले तेलंगना राज्यमा पशु चिकित्सकको बलात्कारपछि जलाएर हत्या गरिएको आरोपमा पक्राउ परेका चारजना इन्काउन्टरमा मारिएको समाचार प्राथमिकताका साथ छाप्दा सज्जानार छाएका थिए ।

सज्जानार अपराधीप्रति निकै कठोर मानिन्छन् । उनले यसअघि पनि आपराधिक गतिविधि गर्नेमाथि कडा नीति लिएको विषय खुल्यो । विशेषगरी महिलामाथि हुने जघन्य अपराधका दोषीप्रति कठोर छन् । उनले महिलामाथि एसिड आक्रमण गर्नेहरुलाई विगतमा इन्काउन्टर गरेका थिए ।

सन् १९९६ मा भारतीय प्रहरी सेवामा अधिकृतका रुपमा प्रवेश गरेका सज्जानार वारन्गालमा एसपी थिए । उनले सन् २००८ को डिसेम्बरमा दुई युवतीमाथि रोकेर एसिड आक्रमण गर्ने तीनजना युवकलाई पक्राउ गरे । तर, पक्राउ परेको अर्को दिन उनीहरु जंगलमा इन्काउन्टरमा मारिए । प्रहरीले त्यतिबेला अपराधमा प्रयोग भएका मोटरसाइकललगायत सरसमान बरामदका लागि लगिंदा उल्टै प्रहरीको बन्दुक खोसेर एसिडले समेत आक्रमण गरेपछि इन्काउन्टरमा मारिएको विषय बाहिर आयो । त्यतिबेला सज्जानार नायकका रुपमा प्रस्तुत गरिए ।

सन् २०१६ को अगष्टमा सज्जनारले भारतका नक्सलाइटविरुद्ध कठोर कदम चाले । त्यस क्रममा मोहम्मद नयमुद्धिन इन्काउन्टरमा मारिए । उनले ए के ४७ ले आक्रमण गर्न खोजेको विषय उठ्यो ।

२७ नोभेम्बरमा पशु चिकित्सकको छटपालीमा बलात्कारपछि जलाएर हत्या गरियो । हैदराबादबाट ३० किलोमिटर दूरीमा पर्ने उक्त क्षेत्रमा महिलाको विभत्स हत्यापछि अधिकारवादीहरुले कडा आवाज उठाए ।

दुई दिनपछि चारजना पुरुष पक्राउ परे । उनीहरुमाथि अनुसन्धान चलिरहको थियो । तर, शुक्रबार विहानै चारैजना प्रहरी इन्काउन्टरमा मारिएको खबर बाहिर आयो । इन्काउन्टरपछि साइबराबाद प्रहरी कमिश्नल भी सी सज्जनर चर्चामा आए ।

दोहोरो मुठभेड भनिएको यो घटनामा बलात्कारको तथ्य पत्ता लगाउन आरोपीलाई घटना कसरी घटेको भन्ने बारे सबै बताउन र घटनास्थलमै पुगेर घटनाको सम्पूर्ण विवरण संकलन गर्न लगिएकाहरुलाई जहाँ पेट्रोल खरिद गरिएको थियो त्यहीं लगिएको थियो । सर्वसाधारणले आक्रमण गर्न सक्ने भएकाले रातिको समयमा त्यस ठाउँमा लगिएको भनिएको छ । तर, प्रहरीमाथि उल्टै जाइलागेको भन्दै गोली चलाइएको भनिएको छ । उनीहरु चारैजना मारिए ।

२७ नोभेम्बरमा भेटेनरी डाक्टरको योजनावद्ध तरिकाले बलात्कार गरेका थिए । शुरुमा उनको सवारी साधन पंक्चर गराए । त्यसपछि सहयोगी भावना देखाए । उनलाई घिसारेर झाडीमा लगी ट्रकको पछाडि बलात्कार गरे । उनको भित्री कपडा एक सय मिटर बाहिर टाढा फेला परेको थियो । घटनापछि उनलाई पेट्रोल छर्केर जलाए । उनको अर्ध जलेको शरीर भोलिपल्ट फेला परेको थियो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्