Logo

नेपालका किरणले म्याराथनमा दिलाए स्वर्ण पदक



काठमाण्डौँ , २१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुषतर्फको मया।राथनमा नेपालले स्वर्ण जितेको छ ।

शनिबार बिहान भएको पुरुषतर्फको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । किरणले म्याराथनको निर्धारित दुरी दुइ घण्टा २१ सेकेण्डमा पूरा गरेर स्वर्ण हात पारेका हुन् ।

उनले भारतका खेलाडी राजपाल सि.हलाई ४० सेकेण्डले पछि पार्दै जित हासिल गरेका हुन् । भारतका खेलाडीले निर्धारित दुरी दुई घण्टा २१ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गरेर रजत पदक जितेको हुन् ।



प्रतिक्रिया दिनुहोस्