Logo

१३ औं साग : नेपालसामू बंगलादेशको १५६ को रनको लक्ष्य प्रस्तुत (फोटोफिचर)



काठमाडौं, २१ मंसिर । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा बंगलादेशले नेपाललाई १५६ रनको लक्ष्य दिएको छ ।

बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । बंगलादेशले सम्मानजनक स्कोर तयार गर्ने क्रममा कप्तान होसिन सान्तोलले ६० बलमा ७५ रन बनाएर कप्तानी पारी खेले । अफिफ हुसेनले पनि आक्रामक पारी खेल्दै २८ बलमा ५२ रन बनाए ।

नेपालका लागि पारस खड्काले ३ विकेट लिए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराले पनि एक विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्दै छ । यो खेल जितेमा नेपाल फाइनलमा पुग्नेछ । यता, नेपालले आफ्नो ब्याटिङ सुरु गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्