Logo

राष्ट्रिय गौरवका आयोजना सफल बनाउन ठूलो मद्दत पुग्छ- चन्द्रप्रसाद ढकाल, अध्यक्ष, ग्लोबल आईएमई बैंक



काठमाडौं, २१ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल सफल बैंकर हुन् । उनले बैंकिङका अलावा पर्यटन क्षेत्रमा पनि ठूलो सफलता हासिल गरेका छन् । उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
जनता बैक र ग्लोबल आईएमई बैंकबीच मर्जर हुँदाका चुनौतीहरु के के रहे ?
हामीले दुईवटा सिलिङमा मर्जरको एमोयु बनाएका थियौं । त्यो एमोयु गरेको ठ्याक्कै पाँच महिनामा कारोबार सुरु सफल भएका छौं । ५ महिनाको छोटो समयमै मर्जर प्रक्रिया पुरा गर्न सफल अहिलेसम्मकै पहिलो बैंक भनेको नेपाल जनता र ग्लोबल आइएमई मात्रै हुन् । बैंक मर्जर गर्दा पाँचवटा कुराले प्रभाव पार्दछ । १. मर्जर भइसकेपछि त्यो बैंकको नाम के रहने (२) मर्जरपछि त्यो बैंकमा कति जना सञ्चालकमा रहने, (३) त्यसको अध्यक्ष को हुने, (४) त्यो बैंकको कार्यकारी प्रमुख को हुने, (५) मर्जर हुने बैंकहरुको सेयरको स्वाप रेसियो के हुने । यी मर्जरको लागि पहिलो शर्त हो । जसरी मर्जरको एमोयु भएको दोस्रो मिटिङमा एक, दुई र तीन गरेर टुंग्योउँदै गयौं । त्यसपछि अन्तिममा स्वाप रेरियो कुरा ग¥यौं ।
नेतृत्वको पनि सहमति भयो ?
भयो ।
तपाईं अध्यक्ष बन्नुभयो हो ?
सबैको सहमतिबाट म अध्यक्ष बनेको हुँ ।
सञ्चालक समिति पनि सहमति भयो ?
त्यो पनि सर्वसम्मत भयो । कार्यकारी प्रमुख को हुने भन्ने बेलामा त्यति बेला ग्लोबल आईएमई बैंकमा निमित्तले चलाउनुभएको थियो । यतापट्टि कार्यकारी नभएकाले जनता बैंकबाट परशुरामजी कार्यकारी प्रमुखमा आउनुभयो ।
सेयरको स्वाप रेसियो कसरी मिलाइन्छ ?
मर्जर हुनुभन्दा पहिला कुन बैंकको कति हुन सक्छ भनेर हेरिरहेका थियौं । त्यसलाई मुल्यांकन गरेर कायम गरियो ।
स्वाप रेसियो जनताको कति, ग्लोबल आईएमईको कति ?
हामीले पहिला नै प्रिडिटेल गरेका थियौं । यदि १० प्रतिशतभन्दा तथमाथि भएन भने ८५ रुपैयाँको रेसियोमा दिने भन्ने सहमति गरेका थियौं । पछि डीडीए गर्दा पनि १० प्रतिशतभन्दा कम नै आयो । त्यसले ८५ रुपैयाँँ कायम भयो । महत्वपूर्ण पाँचवटै चिज राम्रोसँग चलेकोले छिट्टै मर्जर हुन सफल भयौं ।
मर्जर भइसकेपछि सञ्चालन गर्न चुनौतिहरु के के छन् ?
एघारवटा बैंक तथा वित्तीय संस्थाहरु मिलेर ग्लोबल आईएमई बैंक बनेको हो । त्यसरी ११ वटा संस्थाहरु मिलिसकेपछि एकलाई मेनेजमेन्टमा ल्याउने । कसलाई बोर्डमा ल्याउने, कसको भूमिका के हुने भन्ने शंकाउपशंका कहिल्यै पनि भएन । हामीहरु स्मुथ्ली अगाडि बढ्यौं । त्यसरी ११ वटासम्म बैंक तथा वित्तीय संस्थाहरु मर्जर सफल हुँदासम्म त्यसले हामीलाई धेरै कुरा सिकायो । जस्तो मर्जर गर्दा आउने सम्भावित चुनौतिहरु के के हुन्छन्, त्यसलाई सामना गर्न के गर्नुपर्छ भन्ने कुरा । कुनै पनि समस्या नभइकन अहिलेको अवस्थामा ग्लोबल आईएमई बैंकलाई ल्यायौं । पहिला पनि केही कमर्सीयल बैंकहरुसँग पनि मर्जर भएरको अहिले पनि कमर्शीयल बैंकसँग मर्जर गरेकाले समस्या आउँदैन भन्नेमा ढुक्क छौं ।
दुई बैंकबीच कर्मचारी समायोजन, सफ्वेयर, जिल्ला शाखाको कुरा आउला कसरी जान्छ ?
कमर्सीयल बैंक भएकाले कर्मचारी समायोजन गर्न कुनै पनि समस्या हुँदैन । दुवैतिर कार्मचारीहरु हिजो जुन–जुन लेबलमा थिए, त्यही लेबलमा बस्ने व्यवस्था हुन्छ । विकास बैंक, फाइनान्ससँग जर्मर भएको भए कर्मचारी समायोजनमा अलि कठिन हुने थियो । सफ्वेयर जनता बैंकले फ्लेक्सयु चलाएको थियो । ग्लोबल आईएमई बैंक फिनाइकल चलाएको थियो । हामीले फ्लेक्सयुलाई फिनाइकलमा एकीकृत गरिसकेका छौं । डाटा माइग्रेसनका लागि मंसिर २० गते बैंकिङ कारोबार पनि बन्द थियो । त्यो सफलतापूर्वक दुवै बैंंकको डाटा मर्जर भइसक्यो ।
अब ग्लोबल आईएमई बैंक फिनाकल सिस्टमको सफ्टवेयरमा गइसक्यो ?
गइसक्यो । जनता बैंकबाट मर्ज भएको फिनाकल सिस्टमबाट आजबाट स्मुथली सञ्चालन भएको छ । फिनाकल सिस्टम सफ्टवेयर राम्रो भएकाले आगामी दिनहरुमा अझ राम्रो सर्भिस हुन्छ भन्ने हाम्रो विश्वास छ ।
दुईवटा कमर्शीयल बैंक मर्जर भइसकेपछि तपाईंहरुसँग पुँजी कति पुग्यो ?
दुई बैंक मर्जर भएपछि १९ अर्ब हाराहारी चुक्ता पुँजी पुगेको छ । त्यसमा रिजर्ब पनि जोड्दा २४ अर्ब पुग्छ । २४ अर्ब पुँजी पुगेपछि एउटा प्रोजेक्टलाई ४ अर्बसम्म ऋण दिन सकिन्छ । त्यो प्रेजेक्ट हेरेर हु्रन्छ, जस्तो हाइड्रोपावरमा भयो भने जम्मा पुँजीको ५० प्रतिशतसम्म लगानी ऋण प्रवाह गर्न सकिन्छ ।
अब ग्लोबल आईएमई बैंकले १२ अर्बसम्म एउटा प्रोजेक्टमा लगानी गर्न सक्छ ?
हो, हाइड्रोपावर १२ अर्ब सम्म लगानी गर्न सकिन्छ । त्योभन्दा बाहेकमा ६ अर्बसम्म ऋण लगानी गर्न सक्ने हाम्रो बेस भएको छ ।
कमर्सीयल बैंकलाई राष्ट्रिय गौरबका प्रोजेक्टमा लगानी गर्न कुनै समस्या छैन हो ?
अहिलेका कमर्सीयल बैंकलाई आफ्नो कोर क्यापिटलबाट २५ प्रतिशतसम्म कुनै प्रेजेक्टमा जाने सक्ने अवस्था छ । मेगा प्रोजेक्टमा जाँदा कमर्सीयल बैंकहरुले ज्वाइन्टली जान सक्ने अवस्था देखिएको छ । त्यो क्षेमताले राष्ट्रिय गौरवका आयोजनाहरुलाई सफल बनाउन ठूलो मद्दत पुग्छ ।
तपाईंहरुले जसरी फलतापूर्वक जर्म गरेर आउनुभयो, यसले अरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्छ ?
जनता बैंक नेपाल र ग्लोबल आईएमई बैंकको जर्मरले कमर्शीयल बैंकहरुमा एउटा उत्साह ल्याउँछ । यति भन्दाभन्दै पनि मर्जर प्रक्रिया त्यति सजिलो चाहीं छैन । यसका लागि धेरै चिजहरु मिल्नुपर्छ, त्यो मिल्यो भने मात्रै मर्जरमा जान सकिन्छ । यसले कमर्शीयल बैंकहरु पनि जर्मरमा जाँदा रहेछन् भन्ने क्लियर म्यासेज दिएको छ ।
राष्ट्रले २० भन्दा बढी कमर्शीयल बैंक हुनुहुँदैन भने छ, त्यो सम्भावना होला ?
अहिले २८ वटा कमर्शीयल बैंक छन् । त्यसमा ४ वटा मर्जर भए भने पनि २० मा आउन्छन् नि, त्यसैले यो सम्भव छ ।
अब हाम्रो देशमा २० भन्दा बढी कमर्शीयल बैंक रहँदैन हो ?
त्यसरी ठोकुवा गरेर मैले भन्न मिल्दैन । तर, मर्जरको सम्भावना चाहीं छ ।
मर्जरले फाइदा छ बैंकरहरुलाई ?
मर्जरले फाइदा छ । फाइदाजनक भएकाले मर्जरको सम्भावना बढेर २० भन्दा तल पनि आउन सक्छ ।
१२-१५ मै आउन पनि सक्छ ?
इच्छाशक्ति र सहमति हुनुपर्छ, आउन सक्छ । मर्जर भएर पुँजी र जनशक्तिले बलियो र सबल बैंक भयो भने डेफिनेट्ली ठूलो प्रोजेक्टमा जान सकिन्छ । ंंत्यसबाहेक सफल र ठूलो बैंक हुँदा राष्ट्र बैंकले गर्ने अब्जरभेसनमा पनि सहयोग पुग्छ ।
बैंकिङ क्षेत्रको लगानी हाम्रो देशमा सुरक्षित छ ?
तपाईंले कहिलेकाही कतै कार्डको, कहिले सफ्टवेयरको समस्याको कुरा गर्न खोज्नुभएको होला । अहिले हाम्रो बैंकिङ सिस्टम धेरै राम्रो छ । आकलझुलक सिस्टम ह्याकिङको कुरा बाहिर विकसिम मुलुकमा हुने गरेको छ । बैंक जस्तो सम्वेदनशील क्षेत्रमा समस्या नआउने होइन । त्यसलाई मेकानिजमको सजगता अपनाउँदै अगाडि बढ्ने हो भने राम्रो छ । त्यसैले अरुको तुलनामा नेपालको बैंकिङ क्षेत्र सुरक्षित छ ।
धेरै बैंक भएकाले जनतामा वितृष्णा पनि छ नि ?
त्यही भए अहिले धेरै बैंकहरुमा मर्जरको कुरा आएको छ । सरकार र राष्ट्र बैंकले मनिटरिङ गर्न धेरै नम्बर भएकाले मर्जरलाई जोड दिएको हो ।



प्रतिक्रिया दिनुहोस्