Logo

सैनिक कारबाहीमा परी २८ लडाकू मारिए



२१ मङ्सिर । बुर्किना फासोको सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ आतङ्कवादी मारिएका छन् । सुरक्षा श्रोतले शुक्रबार दिएको जानकारीअनुसार देशको उत्तरी क्षेत्रमा भएको हवाई आक्रमणमा परी उनीहरु मारिएका हुन् ।

उत्तरी यातेन्गा प्रान्तको तिवबाल, किन र येन्सेलागयतका क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीहरुले आतङ्कवादीहरुका आश्रयस्थल तथा बन्दोबस्तीका सामग्रीहरु समेत नष्ट गरिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । बुर्किना फासोमा सन् २०१५ देखि आतङ्वादीहरुको गतिविधि हुदै आइरहेको छ भने पछिल्ला केही हप्ता सुरक्षा कारबाही पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्