Logo

मालदिभ्सका फुटबल प्रशिक्षक बर्खास्त



काठमाडौं, २१ मंसिर । १३ औं सागमा मालदिभ्सको खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक पिटर सेगर्ट बर्खास्त भएका छन् । मालदिभ्स फुटबल संघले सेगर्ट बर्खास्तीमा परेको जानकारी गराएको छ ।

शनिबार नेपालसँग पराजित भएपछि मालदिभ्स अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर भएको छ । चार खेल समाप्तीमा दुई हार र एक बराबरीका साथ मालदिभ्स कमजोर अवस्थामा छ । मालदिभ्स नेपाल र भुटानसँग पराजित भएको छ ।

दक्षिण एशियामा फुटबलको बलियो टोली मालदिभ्सको पछिल्लो समय खेलस्तर खस्किएको छ । सागको फुटबलतर्फ मालदिभ्स अंक तालिकामा पुछारमा छ । Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot