Logo

नायिका ऋचाले विवाह गरेर मागिन् आशिर्वाद



काठमाडौं, २१ मंसिर । नेपाली चलचित्रकी नायिका ऋचा शर्मा विवाहमा बाँधिएकी छिन् । उनले शनिबार दिपेक्ष विक्रम रानासँग विवाह गरेकी हुन् ।

एक हप्ता अघि विवाहको कार्ड सार्वजनिक गरेर विवाहको जानकारी गराएकी हुन् । उनले विवाहको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद समेत मागेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा विवाहको आशिर्वाद माग्दै लेखेकी छिन्, ‘जीन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैव यसरी नै मिलोस् ।’ Photo Source: FB



प्रतिक्रिया दिनुहोस्