Logo

ओशो सिद्धार्थ औलिया नेपाल आउँदै



काठमाडौै, मंसिर २१ । आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउने भएका छन् । ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उनी आगामी पुस ५ गते नेपाल आउन लागेका हुन ।

नेपालमा रहँदा उनले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको
छ । आगामी पुस ७ देखि १२ गतेसम्म बुटवलको मङ्गलापुरमा रहेको ‘ओशो भिलेज’मा बृहत् ‘अजपा तथा चैतन्य समाधी’ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा ओशो सिद्धार्थ औलियासँगै ठूलो सङ्ख्यामा भारतीय साधकसाधिकाको पनि सहभागिता हुने बताइएको छ ।

ओशो सिद्धार्थ औलियालगायत साधकसाधिकालाई लुम्बिनी भ्रमण गराउने तयारी गरिएको सङ्घले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुने सो कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रियस्तरमा भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसार हुने विश्वास व्यक्त गरिएको छ ।

यसैबीच, बुद्धपुरुष ओशोको जन्मजयन्तीको अवसर पारेर ओशोधारा सङ्घ नेपालले सप्ताहव्यापी ध्यान तथा अन्तरक्र्रिया गरिरहेको छ । यही मङ्सिर २५ गते ओशोको जन्मोत्सव विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । ओशो जन्मोत्सव पारेर सो दिन नेपालमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिदै छ ।



प्रतिक्रिया दिनुहोस्