Logo

बर्सेनि दुर्घटना बढेको बढ्यै पाँच वर्षमा ११,७२४ जनाको मृत्यु



काठमाडौँ, २२ मंसिर । मंसिर ११ गते दिउँसो १ बजे लु २ ख २१४८ नम्बरको बस सन्धिखर्कबाट छुट्यो। ३२ यात्रु बोकेको बसको गन्तव्य थियो बुटवल। बस बुटवलसम्म पुग्नै सकेन, अर्घाखाँचीस्थित सल्लेरीमा अपराह्न ४ः१० सडकबाट अनियन्त्रित भएर करिब २५० मिटर खस्यो। दुर्घटनामा १७ यात्रुको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भयो। १८ यात्रु घाइते भए।

प्रहरीले बस घुम्ती र भिरालो सडकमा मोड लिन नसक्दा दुर्घटना भएको अनुमान गर्‍यो। सुनसरी कोसी गाउँपालिकास्थित हरिपुरमा भएको दुर्घटनामा सातजनाको घटनास्थलमै ज्यान गयो। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ हुइँकिरहेको १च९३६४ नम्बरको एम्बुलेन्स र वीरगन्जबाट पूर्वतर्फ गुडिरहेको ना २ख ९०८२ नम्बरको ट्रक ठोक्किएपछि एम्बुलेन्समा रहेका सबैको मृत्यु भयो। मंसिर १७ गते गुल्मीको इस्मा गाउँपालिकाबाट २६ यात्रु बोकेर हिँडेको जिप ग्वालीचौरको खौलारामा ट्राफिक प्रहरीको कारबाहीमा पर्‍यो। कारण थियो ओभरलोड। ट्राफिक प्रहरीले ८ यात्रुलाई यही स्थानमा झारेर जिपलाई पठायो। जिपमा १८ यात्रु थिए। जिपले त्यो लोड पनि धान्न सकेन। ग१ज ५२१९ नम्बरको जिप बडिगाडमा गाउँपालिका–७ मा पुगेर सडकबाट खोलामा खस्यो। १४ जनाको ज्यान गयो।

प्रतिदिन हुने सरदर दुर्घटना र यसले मच्चाउने वितण्डाको तथ्यांक हो यो। नेपाल प्रहरीको यो तथ्यांक हेर्ने हो भने नेपालमा हुने दुर्घटनाको कहालीलाग्दो चित्र देखिन्छ। एउटा सडक दुर्घटना भएपछि त्यसबाट कसैले पाठ सिक्दैनन्। त्यही कारण दुर्घटना बढिरहेका छन्। प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाका कारण ११ हजार ७२४ नेपालीले ज्यान गुमाएका छन्। आव ०७१र०७२ मा २ हजार ४ जनाले ज्यान गुमाएका छन् भने ०७२र०७३ मा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६ पुग्यो। ०७३र०७४ मा दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८४ पुग्यो। ०७४र०७५ मा यो संख्या बढेर २ हजार ५४१ पुग्यो। दुर्घटनामा परी २०७५र०७६ मा २ हजार ७८९ जनाले ज्यान गुमाए। चालु आवको कात्तिकसम्म दुर्घटनामा ८ सयको मृत्यु भइसकेको छ। पछिल्लो समय हरेक वर्ष १३ हजारभन्दा बढी दुर्घटना हुने गरेका छन्। आव ०७१र०७२ मा ९ हजार १४५ दुर्घटना भएका थिए भने यो संख्या बढेर ०७२र०७३ मा १० हजार १३ पुग्यो। ०७३र०७४ मा १० हजार १७८ दुर्घटना भएको तथ्यांक प्रहरीसँग छ।

०७४र०७५ मा १० हजार ९६५ पुग्यो। ०७५र०७६ मा १३ हजार ३६६ दुर्घटना भए। चालु वर्षको कात्तिकसम्म ५ हजार ९८९ जनाको मृत्यु भइसकेको छ। यी दुर्घटनामा परी प्रत्येक वर्ष ४ हजारभन्दा बढी मानिस गम्भीर घाइते हुने गरेका छन्। ०७१र०७२ मा ४ हजार ५३, ०७२र०७३ मा ४ हजार १८२, ०७३र०७४ मा ४ हजार २५०, ०७४र०७५ मा ४ हजार १४४, ०७५र०७६ मा ४ हजार ३७६ र ०७६र०७७ कात्तिकसम्म १ हजार ६९२ जना गम्भीर घाइते भएका छन्। सडक दुर्घटनाको अवस्था चिन्ताजनक रहेको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाल बताउँछन्। ‘दुर्घटना क्रमिक रूपमा नियन्त्रण गर्न सबै सरोकारवाला सबै निकायबीच समन्वय हुन अत्यावश्यक छ,’ उनले भने, ‘क्षमताभन्दा बढी यात्रु बोकेकै कारण ८० प्रतिशत दुर्घटना भएका छन्। सरकारले सुरुमै चालकलाई तीनमहिने तालिम दिनुपर्छ।’
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्